Comments Add Comment

स्प्राइटको ‘क्लियर बोल च्यालेन्ज’ योजना, युवालाई र्‍यापर बन्ने अवसर

sprite
१६ जेठ, काठमाडौं । युवाको जोश र कलात्मक  पक्षलाई सम्मान गर्दै ‘क्लियर छ’ नाराका साथ स्प्राइटले ‘स्प्राइट क्लियर बोल च्यालेन्ज’ कार्यक्रम ल्याएको छ ।

नेपाली युवालाई आफ्नो फरक धारका खुबी सबैसामु प्रस्तुत गर्न आमन्त्रण गरेको छ । मे महिनाको तेस्रो हप्ताबाट सुरु हुने कार्यक्रममा ९ शहरका स्प्राइटप्रेमीले र्‍याप, स्ल्याम पोएट्री, स्ट्याण्ड-अप पर्फर्मेन्स, ए-कापेला, स्पिड पोएट्री र बिट बक्सलगायतका कुनैपनि फरक प्रतिभा प्रदर्शन गर्न सक्नेछन् ।

हरेक शहरबाट छानिएका दुई विजेताले अन्तिम प्रतिस्पर्धाका रुपमा स्वयम् यम बुद्धसँग प्रतिष्पर्धा गर्नेछन् । नेपालका लागि कोका-कोलाका कन्ट्री डिरेक्टर आलोक कोहलीले  ‘स्प्राइट क्लियर बोल च्यालेन्ज’ नेपालीका लागि आˆनो कला प्रस्तुत गर्ने अवसर भएको बताए ।

नेपालमा अन्डरग्राउण्ड हिप-हप आन्दोलन धेरै पहिलेदेखि अस्तित्वमा रहेको बताउँदै राष्ट्रलाई कला, र्‍याप सङ्गीत र सांगीतिक प्रतिभाको खानिका रुपमा विकास गरेको उनले बताए ।

स्प्राइटले सधैं नै आˆना पेयकहरूलाई आफ्नो यस प्रतिभालाई बाहिर ल्याउन, आफुमा विश्वाश गर्न, समस्याहरूलाई कलात्मक ढङ्गले जुझ्न हौसला दिने गरेको समेत उनको भनाइ छ ।

‘क्लियर बोल’ च्यालेन्जका साथ् हामीले प्रतिभावान नेपालीहरू राष्ट्रकै सबैभन्दा चर्चित र्‍यापर यमबुद्धसँग भिड्ने अवसर प्रदान गर्दैछौं । हामीलाई विश्वास छ कि यो अहिलेसम्मलकै सबैभन्दा भव्य र्याप ब्याटल हुनेछ ,’ उनले भने ।

योजना अन्तरगत यमबुद्ध विभिन्न शहर घुम्नेछन् र आफुलाई र्याप ब्याटलमा आफुलाई चुनौती दिन खुला आहृवान गर्नेछन् । चुनौति स्वीकारेर यमबुद्धसँग र्‍याप ब्याटल गर्नेमध्येबाट उनले केहीलाई सर्टलिस्ट गर्नेछन् ।

छानिएका प्रतियोगीहरूलाई काठमाडौँको पर्पल हेज, ठमेलमा हुने यमबुद्धसँग एकल भिडन्तका लागि बोलाइनेछ । अन्तिम चरणबाट छानिएका दुई विजेताले स्प्राइट क्लियर बोलका लागि खास बनाइएको र्‍याप गीतमा यमबुद्धसँग गाउने अवसर पाउनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment