Comments Add Comment

नेपाल लाओससँग बराबरीमा रोकियो

Nepali-football-Training
फाइल फोटो

१६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल अन्तर्गत नेपालले लाओससँग एक एक गोलको बराबरी खेलेको छ ।

लाओसको राष्ट्रिय रंगशालामा केहिबेरअघि सम्पन्न खेलमा नेपालले फिफा बरियातामा आफुभन्दा ४ स्थान माथि रहेको लाओससँग १/१ गोलको बराबरी खेलेको हो ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछि नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै गोल गर्न सफल भयो । ७७ औं मिनेटमा मिडफिल्डर बिशाल राईले पेनाल्टी एरियाबाट सेकेण्ड बार च्याप्दै प्रहार गरेको बल आकर्षक गोलमा परिणत भएको थियो ।

तर नेपालले लिएको अग्रता दुई मिनेटपनि जोगाउन सकेन । ७९औं मिनेटमा पाएको कर्नर प्रहरलाई सदुगयो गर्दै घरेलु टोलीले गोल फरकाउन सफल भयो ।

यसअघि पहिलो हाफमा लाओसले नेपालमाथि दवाव सृजना गरेको थियो । पहिलो हाफमा नेपालको रक्षापंक्ति निक्कै व्यस्त बनेको थियो भने गोलरक्षक किरण चेम्जोङले पनि लाओसका स्ट्राइकरहरुको केहि प्रहार विफल पारेका थिए ।

टोलीको कप्तानको रुपमा अनिल गुरुङको नाम उल्लेख गरेपनि नेपाली प्रशिक्षक ग्यातुकी कोजीले सुरुवाती टोलीमा अनिललाई समावेश गरेका थिएनन् भने कप्तानको जिम्मेबारी बिराज महर्जनलाई दिइएको थियो । नेपालको अग्रपंक्तिको जिम्मेबारी भरत खवास, नवयुग श्रेष्ठलाई दिइएको थियो ।

प्रशिक्षक कोजीको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो । उनले ४-४-२ फर्म्याटमा टोलीलाई मैदानमा उतारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment