Comments Add Comment

पुनर्निर्माणमा सम्पूर्ण शक्ति परिचालन गर्ने एनआरएनए ओसिनिया क्षेत्रीय बैठकको निर्णय

NRNA

न्युजिल्याण्ड । गैरआवासीय नेपाली संघ एनआरएन अन्तर्गतको ओसिनिया क्षेत्रीय बैठकले नेपालका भूकम्पपीडितहरुलाई मातृ संस्था एनआरएनएले सञ्चालन गरेको पुनर्निर्माण महाअभियानमा आफुले सिकेको ज्ञान, सीप र प्रबिधिलाई सदुपयोग गर्ने निर्णय गरेको छ ।

शनिबार न्युजिल्याण्डको क्राइस्टचर्चस्थित लिंकन इभेन्टमा सम्पन्न भएको ओसेनिया क्षेत्रका एनआरएन संगठनको बैठकले नेपालको भूकम्पपीडितहरुका लागि सुरु गरिएको पुनर्निर्माण परियोजनालाई सहयोग गर्न सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो ।

“एनआरएनए – सम्बृद्ध नेपालका लागि साझेदार” भन्ने नारासहित सञ्चालित बैठकमा अष्ट्रेलिया, न्यूजिल्याण्डका एनआरएन आईसीसी, एनसीसी तथा समूदायका अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा दशबुँदे प्रतिबद्धताहरु सार्वजनिक गरिएको छ ।

१. गैरआवासीय नेपाली संघको संरचनात्मक रुपान्तरण तथा पुनसंरचनाको पहल ९ल्भध ख्ष्कष्यल, ल्भध न्यबकि बलम ल्भध क्तचबतभनष्भक० आगामी नवौं क्षेत्रीय सम्मेलनमा प्रस्तुत गरिने प्रस्तावलाई यस सम्मेलनले सर्वसम्मतले अनुमोदन गरेको छ ।

२. गैरआवासीय नेपाली संघलाई विदेशमा बस्ने सबै नेपालीहरुको साझा संस्थाका रुपमा अझ प्रभावकारी बनाई अघि बढाउन बृहद सामूदायिक संघ संस्थाको सहभागितालाई उच्च प्राथमिकता दिँदै सहकार्य र समन्वयलाई तिव्रता दिने निर्णय गरियो ।

३. नेपालमा गएको २०७२ को विनाशकारी भूकम्प पश्चात एनआरएनएले सञ्चालन गरेको पुननिर्माण अभियानमा ओसेनिया क्षेत्रबाट थप आर्थिक सहयोगका साथै यहाँ रहेका नेपालीहरुले हासिल गरेको ज्ञान, शिप र प्रविधिलाई पुननिर्माणमा प्रयोग गर्ने निर्णय गरियो ।

४. ओसेनिया क्षेत्रमा रहेका नेपाली महिलाहरुको सशक्तीकरणका लागि थप प्रतिबद्धता व्यक्त गर्दै सूचनामूलक तथा सहभागितामूलक कार्यक्रम ल्याउने निर्णय गरियो ।

५. आगामी एक वर्षभित्र यस क्षेत्रमा पर्ने फिजीमा नयाँ राष्ट्रिय समन्वय परिषद् गठन गर्नका लागि एनआरएनए पपुवा न्यूगिनीका अध्यक्ष राजबहादुर शाहीको संयोजकत्वमा आईसीसी सदस्य ईश्वर कुईकेल, एनआरएनए न्यूजिल्याण्डका सल्लाहकार चक्रबहादुर थापासहितको तीन सदस्यीय कमिटी
निर्माण गरियो ।

६. ओसेनिया क्षेत्रमा पञ्जिकृत सदस्यहरुको संख्या बृद्धिका लागि विशेष अभियान चलाउने निर्णय गरियो ।

७. राष्ट्रिय समन्वय परिषद् तथा यसमार्फत सहयोग जुटाउने अन्य संघ संस्था तथा व्यक्तिहरुबाट प्राप्त सहयोगको कदर र पहिचान झल्किने गरी पुननिर्माण कार्यमा समावेश गराउन अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई अनुरोध गर्ने निर्णय गरियो ।

८. गैरआवासीय नेपाली संघको नीति तथा आचारसंहितालाई परिस्कृत गर्दै प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन अनुरोध गर्ने निर्णय गरियो ।

९. ओसेनिया क्षेत्रमा रहेका विज्ञहरुको तथ्यांक संकलन गरी ज्ञान, शिप र क्षमता सम्बृद्ध नेपाल निर्माणमा प्रयोग गर्ने निर्णय गरियो ।

१०. नेपालमा भूकम्प प्रभावित क्षेत्रका महिलाहरुको स्वावलम्बन र स्वरोजगारीका लागि एनआरएनए ओसेनिया क्षेत्रका महिला फोरमले सहयोगलाई अभिबृद्धि गर्ने निर्णय गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment