Comments Add Comment

किसानलाई पेन्सन कार्यक्रम नआएकोमा माओवादी असन्तुष्ट

१६ जेठ, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले बजेटमान किसानलाई पेन्सन कार्यक्रम समावेश नभएकोमा असन्तुष्टि जनाएको छ ।

Prachanda_2माओवादी केन्द्रको आइतबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले आफूले सम्हालेका मन्त्रालयहरुले पेश गरेका योजनालाई बजेटमा समावेश नगरिएको भन्दै यस विषयमा संसद्मा आवाज उठाउने निर्णय गरेको छ ।

खासगरी कृषि विकास मन्त्रालयले पेश गरेको कृषकहरुलाई पेन्सन दिने योजना बजेटमा समावेश नगरिएकोमा उसले असन्तुष्टि जनाएको छ ।

बैठकले शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्नका लागि पनि आवश्यकता अनुसार बजेट नछुट्याइएको भन्दै यस विषयमा समेत संसद् बैठकमा आवाज उठाउने निर्णय गरको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

माओवादी केन्द्रले स्थानीय निकायमा जाने रकम दोब्बर पारिए पनि बजेटले गरिब जनतालाई नसमेटेको समेत बताएको छ ।

संसदीय दलको बैठकले आमजनताले राहतको अनुभव गर्ने कार्यक्रम बजेटमा नपरेको भन्दै यस विषयमा पनि संसद्मा आवाज उठाउन सांसद्हरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment