Comments Add Comment

बजेटप्रति राप्रपा नेपाल पनि असन्तुष्ट, भन्यो-त्रुटी छ

Kamal-Thapa

१६ जेठ, काठमाडौं । सत्तारुढ राप्रपा नेपालले बजेटप्रति असन्तुष्टि जनाएको छ । राप्रपा नेपालको पदाधिकारी बैठकले संस्थागत रुपमा पर्याप्त छलफल र परामर्श नभएको र बजनेटमा त्रुटिहरु रहेको ठहर गरेको छ ।

पुँजी निर्माण भन्दा वितरणमुखी बजेटले धेरै महत्वपूर्ण विषयहरुलाई छाडेको छ । परिणामुखी भन्दा प्रचारमुखी बढी भएकाले बजेट कार्यान्वयन चुनौतिपूर्ण देखिन्छ, राप्रपा नेपालले भनेको छ ।

सरकारी कर्मचारीको तलब बृद्धि सकारात्मक भएपनि निम्न तहका कर्मचारीहरुको तलब बृद्धि न्यायोचित नभएको उसले बताएको छ ।

राप्रपा नेपाललेसनातन धर्मको रक्षाको निमित्त कुनै कार्यक्रम नआउनु दुःखद भएको बताएको छ । महत्वपूर्ण धार्मिक क्षेत्रहरुको गुरुयोजना बनाउँदा देवघाट र स्वर्गद्धारी क्षेत्रलाई गुरुयोजनामा राखी अगाडी बढाउनु पर्दछ, उसले भनेको छ ।

राप्रपा नेपालले नेताहरुका नाममा प्रस्तावित स्मृति प्रतिष्ठानहरुमा स्व. चन्द्रबहादुर गुरुङ्ग, मरिचमान श्रेष्ठ, सूर्यबहादुर थापा र पद्मसुन्दर लावतीको नाम समावेश हुनुपर्ने माग गरेको छ ।

स्थानीय निकायको निर्वाचन, गाविस अनुदान रकम र सामाजिक सुरक्षा भत्ता वृद्धिसँगै भुउपयोग नीति, सुकुम्बासी, हलिया र मुक्त कमैयाको समस्या समाधानलाई भने सकारात्मक भनेको छ ।

साथै निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा सवै सांसदहरुको भूमिका र सहभागिता समान हैसियतमा हुनुपर्ने राप्रपा नेपालको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment