Comments Add Comment

पेनाल्टीमा चुके प्रधानमन्त्री, तीन तस्वीरमा हेर्नुस् ओलीको फुटबल सट

१६ जेठ, काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली फुटबल जर्सी लगाएर दशरथ रंगशालामा उत्रिए । र, निकै फूर्तिका साथ खेले पनि ।

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । जसमा प्रधानमन्त्री ओली स्वयंम मैदान उत्रिए ।

Pm-kp-oli-playing-Football

फुटबल मैदानमा उत्रिएका प्रधानमन्त्री ओलीले केही सटहरु हाने । विपक्षी टिमका खेलाडीहरुसँग बल खोसाखोस गर्न गए ।

यसअघि नेता र कलाकारबीच भएको खेलमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि निकै फूर्तिका साथ खेलेका थिए । अरु नेताहरुले मैदान छाड्दा पनि कोइराला मैदानमा रहेर फुटबल खेलेका थिए ।

Pm-kp-oli-playing-Football-1

आइतबार प्रधानमन्त्री ओलीले पनि निकै जोशका साथ फुटबल खेलेका छन् । उद्यपि प्रधानमन्त्री पेनाल्टीमा नै गोल गर्न चुकेका छन् ।

उनको टीममा मन्त्रीहरु थिए भने मुख्य सचिव ११ को टीममा सचिवहरु थिए । खेलमा प्रधानमन्त्रीको टोलीबाट कानुनमन्त्री अग्नि खरेल र श्रममन्त्री दीपक बोहोराले एक एक गोल गरे ।

Pm-kp-oli-playing-Football-2

तर, प्रधानमन्त्रीको टोली हारेको छ । मुख्य सचिवको टोलीले ३-२ गोल अन्तरले जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment