Comments Add Comment

भ्यासेक्टोमी उल्ट्याउने बढे

family१७ जेठ, काठमाडौं । काभ्रेका ३८ वर्षीयरमेश सापकोटा(नाम परिवर्तन) ले दुई सन्तान भएपछि तीन वर्ष अघि भ्यासेक्टोमी गरेका थिए ।

दाम्पत्य सुमधुर नरहेपछि सम्बन्धविच्छेद गरी उनले अर्को विवाह गरे । उक्त श्रीमतीले सन्तान जन्माउने इच्छा व्यक्त गरेपछि उनले भ्यासेक्टोमी उल्ट्याउने सेवा लिएका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

रसुवाका रामवीर पनि ध्यासेक्टोमी उल्ट्याउनेमा पर्छन् । विनाशकारी भूकम्पमा श्रीमती र छोरा गुमाउनुपरेपछि छोरीलाई आमाको अभाव महसुस हुन नदिन र आफ्नो सहाराका लािग दोस्रो विवाह गर्दा उनले भ्यासेकटोमी उद्यट्याउनुपरेको हो । उनले ६ वर्र्ष अघि भ्यासेक्टोमी गरेका थिए ।

काठमाडों उपत्यकामा परिवार नियोजनको स्थायी बन्ध्याकरण भ्यासेकटोमी उल्ट्याउनेको संख्या बढ्न थालेको पाइएको छ । समबन्धविच्छेदपछि अर्को विवाह गर्नेहरुमा सन्तानको रह गर्दा भ्यासेकटोमी उल्ट्याउनेको संख्या बढ्दै गएको नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालय पुल्चोकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment