Comments Add Comment

ट्रिपरको ठक्करबाट मोरङमा एकको मृत्यु

१७ जेठ, मोरङ । मोरङको उर्लाबारी–४ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रिपरको ठक्करबाट आज बिहान एक ठेला चालकको मृत्यु भएको छ ।

accidentगए राति १०ः३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ख २२०० नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका उर्लाबारी– ३ का ४० वर्षीय ठेला चालक कृष्ण मण्डलको उपचारका क्रममा आज बिहान २ः३० बजे मृत्यु भएको हो ।

मण्डलको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए ।

ठक्कर दिने टिपर र त्यसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment