Comments Add Comment

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

Kp-oli-and-Prachanda१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच  भेटवार्ता भएको छ ।

अाज विहान भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थिति र बजेटका बारेमा छलफल भएको जनाइएको छ । सरकारले शनिबार संसदमा प्रस्तुत गरेको बजेटमा तामाकोशि जलविद्युत आयोजनामा जनयुद्धका सहिद परिवारलाई १० लाख बराबरको शेयर दिने, किसानलाइ पेन्सन लगायतका विषय नसमेटिएपछि माओवादी सरकारसँग असन्तुष्ट भएको हो ।

माओवादी संसदीय दलको बैठकले संसदमा बजेटमा नसमेटिएका विषयमा सशक्त आवाज उठाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहलले भेटवार्ता नियमित र समसामयीक विषयमा केन्द्रित रहको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment