Comments Add Comment

मनिषाको प्रेमी आशिषको पोलिग्राफ परीक्षण आज गरिँदै

१७ जेठ, नवलपरासी ।  मनिषाको हत्यामा भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को आज पोलिग्राफ परीक्षण गरिँदै छ ।

aashish chaudharyपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आउने विज्ञ टोलीले प्रहरी नियन्त्रणमा रहेका आशिषको दिउँसो पोलिग्राफ परीक्षण गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

पोलिग्राफ परीक्षण प्रविधिअन्तर्गत पोलिग्राफ मेसिनले शरीरका अङ्गको प्रतिक्रियाका आधारमा झुटो बोलेको वा साँचो बोलेको पत्ता लगाउन मद्दत पुग्दछ । पोलिग्राफको रिपोट आउन एक दुई दिन लाग्छ प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो “पोलिग्राफको रिपोट आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने छ ।”

प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा लगाउने पोलिग्राफ मेसिनबाट मनिषाको मृत्युबारे थप रहस्य खुल्ने अपेक्षा प्रहरीले गरेको छ । पोलिग्राफ ढाँटेको पत्ता लगाउन मेसिनका रुपमा प्रख्यात छ । प्रहरीले अभियुक्तलाई साँचो बोलाउन यसको प्रयोग गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment