Comments Add Comment

भेँडाले गाँजा खाएपछि…

sheep_gajaजब मानिसले गाँजा, भाङ तथा धतूरो जस्ता नशालु पदार्थ सेवन गर्दछ तब उसको के हालत हुन्छ ? हामी सबैले देखे जानेकै कुरा हो । भोक धेरै लाग्छ, हाँसो आउँछ, रुन मन लाग्छ, बोलेको बोल्यै, हिँडेको हिँड्यै । यस्तो लाग्छ की दुनिया घुमिरहेकेा छ ।

शिवरात्रीमा सायद यस्तो अनुभव तपाइँले पनि गर्नुभएको होला । गाँजा तथा भाङ खाँदा मानिसको त यो हालत हुन्छ भने भेँडाको कस्तो हालत भयो होला । आखिर भेँडो न पर्यो ।

हालै यस्तै घटना सार्वजनिक भएको छ । भेडाकेा एक बथान गाँजाका पातमा मज्जाले चरेपछि उनीहरुलाई नशा लाग्यो । नशामा चूर भएका भेँडाहरुलाई के चाहियो ? नजिकैका घरमा घुसेर आतंक मच्चाउन थाले । घरका बगैँचाहरु तहस नहस पारिदिए र बेडरुममै छिरेर ओछ्यानमा दिसापिसाव गरिदिए ।

यो घटना बेलायतको वेल्सस्थित स्वान्सीको हो । गाँजाका केही पात खाएर नशा लागेपछि भेँडाहरुले त्यसरी आतंक मच्चाएको स्वान्सी इलाकाका काउन्सलर रिचर्डले बताए । केही पात खाँदा त यस्तो । पुरै बोट नै खाएका भए कस्तो हुन्थयो होला ? उनी प्रश्न गर्छन् ।

भेँडा आतंकपछि पुलिसले त्यस स्थानमा रहेका सबै गाँजाका बोट नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment