Comments Add Comment

गुगलले बनाउँदैछ औँलाको इसाराले काम गर्ने स्मार्ट घडी

smart_watchप्रविधिको क्षेत्रमा नयाँ नयाँ आविष्कार गर्दै गुगलले आफ्ना प्रयोगकर्तालाई नयाँ नयाँ अनुभव दिलाउने गरेको छ । आफ्नो नयाँ प्रोजेक्टको रुपमा गुगलले अब आफ्ना स्मार्टवाच प्रयोगकर्तालाई एक नयाँ प्रविधिसँग साक्षात्कार गराउँदैछ ।

आफ्नो मोड्युलर स्मार्टफोन प्रोजेक्ट आरा पछि अब गुगलले आफ्नो नयाँ प्रोजेक्ट सोली मा काम गरिरहेको छ । यो परियोजनाको माध्यमबाट गुगलले राडारमा आधारित औँलाको इशारामा काम गर्ने स्मार्ट घडी बनाउनेछ ।

टेक वेबसाइट दी भर्जका अनुसार सोली नामक उक्त प्रविधिबाट स्मार्टघडी तथा अन्य विभिन्न वेरेवल्स ग्याजेटहरुलाई सानो राडाको मद्धतले इसाराबाटै नियन्त्रण गर्न सकिन्छ ।

यो प्रविधिबाट राडारले प्रयोगकर्ताको औँलाको इसारा ट्रयाक गर्दछ र स्मार्टवाचलाई औँलाले नछोइकन नै तपाइँले इसाराकै आधारमा स्मार्टवाचमा गर्न खोजेको काम गर्न सक्नुहुन्छ ।

यो प्रविधिका डेभलपर्सहरुका अनुसार राडारले १५ मिटरसम्म प्रयोगकर्ताको चाललाई पक्रिन सक्छ । गुगलले आफ्नो यो प्रविधिको बारेमा जानकारी दिन एक भिडियो पनि तयार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment