Comments Add Comment

पत्ता लाग्यो तनाव गराउने वंशाणु

depresonवैज्ञानिकहरुले मानिसमा तनावसँग सम्बन्धित वंशाणु अर्थात् जिन पत्ता लगाएका छन् । वैज्ञानिकहरुले दुइवटा यस्ता जिन पहिचान गरेका छन् जो पोष्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर अर्थात् पिटिएसडीको जोखिम बढाउन जिम्मेवार छन् ।

पिटिएसडी एक यस्तो मानसिक स्वास्थ्य स्थिति हो जसमा मानिस कुनै भयानक घटनाको बारेमा कल्पना गर्न तथा त्यसको आत्मअनुभूति गर्न सुरु गर्दछ र तनावको सिकार बन्दछ ।

अमेरिकाकास्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक मेरे बि स्टीनका अनुसार फेला परेका दुइ जिन मध्ये एउटा क्रोमोजोमको पाँचौ जोडिमा छ र यसको नाम एनकेआरडी५५ राखिएको छ । त्यस्तै अर्को जिन १९ औँ जोडी क्रोमोजोममा रहेको छ ।

यसअघिका अध्ययनले यी जिनहरु सरीरमा स्वरोगप्रतिरोधी समस्या अर्थात् अटोइम्यून समस्या र जिउ सुन्निने इनफ्लेमेटरी समस्याहरुसँग सम्बन्धित रहेको देखाएको थियो । यिनै जिनहरु टाइप टू मधुमेह, सिलिएक तथा रुमेटी बाथ जस्ता रोगसँग सम्बन्धित छन् ।

पछिल्लो अध्ययनले भने यी जिनहरु उपरोक्त रोगका साथै मानिसमा तनावका लागि पनि जिम्मेवार छन् । यो निष्कर्षमा पुग्ने क्रममा शोधकर्ताहरुले १३ हजार भन्दा बढि अमेरिक सिैनिकहरुको डिएनएको नमूनाको व्यापक परीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment