Comments Add Comment

गीता मुस्कुराएको हेर्ने सरिताको धोको

sarita-lamichaneकाठमाडौं । एकजना चिनेको बहिनीले २७ जना अनाथ वालवालिकालाई आश्रय दिएको जानकारी पाएकी थिइन् सरिता लामिनाछानेले । तिनै अनाथ केटाकेटीलाई केही स्टेशनरी सामग्री उपलब्ध गराउने योजना थियो उनको ।

उनका पुराना मित्र (दाजु) कमल सिटौलासँग संवाद भयो । उनले भने ‘बहिनी केटाकेटीलाई स्टेशनरी पछि दिँदा पनि हुन्छ बरु एउटा बहिनी बिरामी रहिछन् तिनलाई सहयोग गरौं न ।’

को बैनी, कहाँकी ? सबै बेलि बिस्तार लाए सिटौलाले । ‘आर्थिक अवस्था कमजोर भएकी ३१ वर्षकी एउटी महिला पेटमा ट्युमर पालेर बसेको निकै भएछ ।’

कपनमा एकजना छिमेकीको घरमा आश्रय लिएर बसिरहेकी सिन्धुपाल्चोककी गीतालाई भेटन गइन् सरिता । उनको कथा कम्ति दर्दनाक छैन ।

दुई सन्तानकी आमा गीताको श्रीमान ४ वर्षदेखि घर आएका छैनन् । एकजना बाबु छन् बुढा । जो बोल्न र सुन्न सक्दैनन् । गाउँमा भएको घर भूइचालोले लडाइदियो । सरिता भन्छिन् ‘गीतालाई भेटेपछि मलाई रातभरी निन्दा लागेन ।’

यी सबै कुरा बुझेपछि सरीताले अर्का पुराना मित्र ओमकार लोहनीलाई जानकारी गराइन् । अमेरिकामा बस्दै आएका लोकनीले तत्कालै प्रतिक्रिया दिए ‘सक्दो चाँडो उपचार गरौं ।’

साथीभाइको साथ पाएपछि शिक्षण अस्पतालमा उनको उपचार सम्पन्न भयो । अपे्रशनपछि थाह भयो ‘पाठेघरमा पाँचकिलोको ट्युमर रहेछ । सरिता भन्छिन् ‘म गीताको अनुहारमा हाँसो देख्न चाहन्छु ।’ त्यसो त केही महिना अघि सरिताले प्रणवानन्द आश्रममा अध्ययनरत विद्यार्थीलाई जाडो महिनामा स्वीटर वितरण गरेकी थिइन् ।

क्रिएटिभ सोसाइटी नेपाल ‘सिएसएन’ सुरु गरेकी सरिता आगामी दिनमा यहि संस्था मार्फत गरिव दुःखीहरुको सेवामा जुट्ने योजनामा छिन् । अहिले कलाकार संघको महासचिव रहेकी सरिता मेघा सिरियलको पनि तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment