Comments Add Comment

अर्चनाको चलचित्रलाई शुभकामना दिन बोर्ड अध्यक्ष, गरेका थिए हिजो विरोध

ARCHANA PANERU-2
एकातिर चलचित्र विकास बोर्डले ‘गाँजाबाजा’ नामक चलचित्रलाई निर्माण अनुमति दिएको छैन । नाममा नै बोर्डले अनुमति नदिएपछि यसका निर्देशक अहिले सर्वोच्चमा मुद्दा लडिरहेका छन् ।

अर्कोतिर, केही यस्ता चलचित्र पनि निर्माण भैरहेका छन् जसले चलचित्र क्षेत्रमा तरंग नै ल्याएको छ । ‘छेस्को र जिस्म’मा पोर्न स्टार बन्छु भन्दै हिडेकी अर्चना पनेरुलाई लिएपछि यसले चर्चा त पाएकै छ । केही महिना अगाडि चलचित्र ‘जिस्म’को छायांकन रोक्दा बोर्ड अध्यक्ष राजकुमार राइले जिल्ला प्रशासन कार्यलय, कास्कीलाई पठाएको पत्रमा कलाकारमाथि पनि आपत्ती जनाइएको थियो ।

चलचित्रको नाम, बिषय र कलाकारका कारण अनुमति नदिइएको चलचित्रको छायांकन भैरहेकाले रोक्नका लागि बोर्डले पत्र पठाएको थियो । चलचित्रमा अर्चना पनेरु नै मुख्य कलाकार थिइन् । यत्रो लफडा भएपनि अन्तिममा चलचित्रको नाम र कलाकारमा केही परिवर्तन नगरि बोर्डले निर्माण अनुमति दिएको थियो ।

बोर्ड अध्यक्षले अर्चना पनेरुमाथि नै आपत्ती जनाएका थिए, त्यतीबेला । तर, सोमबार आयोजना गरिएको चलचित्र ‘छेस्को’को पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष राई नै प्रमुख अतिथी भएर पुगे र चलचित्रलाई शुभकामना दिए ।

हिजो जुन कलाकारमाथि बोर्ड अध्यक्षले नै आपत्ती जनाएका थिए, आज सोही कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई शुभकामना दिन बोर्ड अध्यक्ष पुग्नु कति जायज होला ?

हुनत, अध्यक्ष राई अहिले सामान्य भन्दा सामान्य कार्यक्रममा पुगेर आफूलाई सस्तो बनाइरहेका छन् । चलचित्र विकास बोर्डले गर्नुपर्ने मुख्य मुद्दालाई ध्यान नदिएर चलचित्रका सामान्य कार्यक्रममा पुगेर बोर्ड अध्यक्ष मन्तव्य राखिरहेका छन् ।

‘छेस्को’लाई शुभकामना दिन पुगेका बोर्ड अध्यक्षको उपस्थितीले के सन्देश दिन्छ ? टिजरमा चुम्बन र बेडसिन राखेर यो चलचित्रको चर्चा बढाइएको छ । यसको अर्थ के अब बोर्डले यस्ता बिषय र दृश्यका चलचित्र बनाउन हृदय खुल्ला गरिदिएको हो । होइन भने, ‘जिस्म’को बिषय, नाम र कलाकारलाई लिएर चलचित्रको छायांकन रोक्नुको अर्थ के थियो ?

अध्यक्ष राजकुमार राइले कार्यक्रमको प्रकृति, आफ्ना भनाइलाई पनि संझेर कार्यक्रममा उपस्थिती जनाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment