Comments Add Comment

युएईस्थित नवलपरासी प्रवासी सेवा समाज पुनर्गठन

nawalparasi-Samaj-UAE

युएई । रोजगारीको सिलसिलामा युएईमा रहेका नवलपरासी जिल्लाबासीहरुको भेलाले भीमबहादुर हमालको अध्यक्षतामा नवलपरासी प्रवासी सेवा समाजको पुनर्गठन गरेको छ ।

गत जेठ १४ गते सम्पन्न भेलाले हमालको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । विगतमा गठन गरिएको समाज पूर्णत निष्कृय रहेकोले समाजको पुनर्गठन गरिएको नेत्र थनेतले जानकारी गराए ।

संस्थाको प्रथम उपाध्यक्षमा बलराम भुर्तेल, द्वितीय उपाध्यक्षमा निशा कोइराला, महासचिवमा राजबहादुर भण्डारी र सचिवमा जितु ठकुरी रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा नेत्र ज्ञवाली र सहकोषाध्यक्षमा ढाकाराम कोइराला छन् । सदस्यहरुमा ईन्ऽ मल्ल, कृष्ण खनाल, महेन्ऽ प्रधान, दीपक पाण्डे, रेखा गौतम, कृष्णबहादुर कार्की, हरि न्यौपाने, अनिल शर्मा, विष्णु चापागाइँ र गंगा पौडेल छन् ।

युएईमा रहेका नवलपरासीवासीलाई आईपर्ने विविध समस्याहरुमा सहयोग गर्ने संस्थाको मुख्य उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष हमालले बताए । साथै संस्थाले गैरआवासीय नेपाली संघ, युएई सहित अन्य बिभिन्न संघसंस्थाहरुसँग मिलेर सामाजिक सेवाका कार्य गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment