Comments Add Comment

डेढ महिनामा डेढ दर्जन फिल्म चलेनन्, सुस्तायो चलचित्र व्यापार

aryan-namrata
चलचित्र क्षेत्रका विभिन्न संघसंस्थालाई चुनावी रौनकले छुन थालेको छ । चुनावको समयमा रौनक देखाउने यस्ता संघसंस्था निर्वाचन पछि ओइलाउँछन् । चलचित्र क्षेत्रका समस्यालाई हल गर्ने बिषयमा त उनीहरुको कुनै चासो नै हुँदैन । सामान्य कार्यक्रममा पुगेर भाषण गर्नु, राजनीति गर्नु भन्दा बाहेक यस्ता संघसंस्थाको कुनै औचित्य देखिएको छैन ।

संघसंस्थाका पदाधिकारीलाई राजनीति गर्न फुर्सद नभएको समयमा चलचित्र क्षेत्रको अवस्था भने निराशलाग्दो छ । चलचित्र पाइरेसीको समस्याले निर्माता आक्रान्त छन् । आखिर यस्ता कुरामा ध्यान दिने कसले ?

यो बर्षको आँकडालाई हेर्ने हो भने डेढ महिनामा डेढ दर्जन चलचित्र रिलिज भएका छन् । केही चलचित्रले सामान्य व्यापार गरेपनि अरुको विजोग छ । वैशाख १० गतेदेखि जेठ १४ गतेसम्म हेर्ने हो भने १४ वटा नेपाली चलचित्र रिलिज भएका छन् ।
जेठ १४ गते रिलिज भएका ३ चलचित्र ‘किन गरे माया, वेष्ट फ्रेन्ड फरेभर, एक्सन’ चलेनन् । जेठ ७ मा रिलिजमा आएका ‘वुद्ध बर्न इन नेपाल र होमवर्क’ पनि चलेनन् ।

वैशाख ३१ गते रिलिज भएका २ चलचित्र ‘विरानो माया र के म तिम्रो होइन र’को अवस्था पनि उस्तै छ । ‘के म तिम्रो होइन र’ले केही राम्रो व्यापार गरेपनि नेपालबाटै लगानी उठ्ने संभावना कम छ । वैशाख १० गते रिलिज भएको ‘हाउ फन्नी’ले काठमाण्डौमा राम्रै व्यापार गरेको थियो । तर, लगानी उठाउन ओभरसिजमै भर पर्नु पर्नेछ ।

‘बाटो मुनिको फूल’लाई पनि लगानी उठाउन देश बाहिर नै चल्नुपर्ने हुन्छ । वैशाख १७ मा चलेका ‘जंगे र बाजिगर’ असफल हुँदा वैशाख २४ मा चलेका ‘आवारा, रोल्पा रोग र उहिले बाजेको पालामा’ पनि चलेनन् ।

निर्माताले चलचित्रमा लगानी गरेपनि फिर्ता भएको छैन । यस्तो अवस्थामा नेपाली चलचित्रको बिषयमा गम्भिर हुने को ? पाइरेसी र कमजोर व्यापारको सिलसिलाबाट चलचित्र क्षेत्र कसरि बच्ला ? झन्, चाडपर्वमा देखिएको चलचित्रको भिडन्त त कहालीलाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment