Comments Add Comment

अझै भद्दा केन्द्रीय समिति बनाउने माओवादी केन्द्रको गृहकार्य

उर्मिला अर्याल भन्छिन्- एकहजार त पुग्छ होला

Maoist Center

१७ जेठ, काठमाडौं । ६९९ जनाको जम्बो केन्द्रीय समिति बनाएर आलोचना खेपिरहेको माओवादी केन्द्रले एक हजार सदस्यीय केन्द्रीय समिति बनाउने गृहकार्य थालेको छ । केन्द्रीय सदस्यका आकांक्षीहरु धेरै भएपछि माओवादीले केन्द्रीय संख्या थप्न लागेको हो ।

गत जेठ ६ गते १० वटा माओवादी समूह मिलेर बनेको माओवादी केन्द्रको केन्द्रीय समिति ६ सय ९९ सदस्यीय बनाइएको थियो । वैद्य माओवादी र विप्लव माओवादीलगायतबाट केन्द्रीय सदस्यको संख्या थपिए पनि एमाओवादीले भने थपेको थिएन ।

एकता प्रक्रियाबाट आएकाहरु आफूहरु भन्दा पनि कनिष्ठ रहेको भन्दै एमाओवादीमा पनि केन्द्रीय सदस्य थप्न दबाव बढेको थियो । भविष्यमा पार्टीमा आफ्नो पक्ष अल्पमतमा पर्ने भन्दै अध्यक्ष प्रचण्डलाई केन्द्रीय सदस्यहरुको संख्या थप्न एमाओवादी पृष्ठभूमिका नेताहरुले सुझाव दिएका थिए ।

माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुंगो लगाउन वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा १३ सदस्यीय कार्यदलले केन्द्रीय सदस्य संख्या थप्नुपर्ने सुझाव पार्टी नेतृत्वलाई बुझाउने तयारी गरेको छ ।

कार्यदलकी सदस्य उर्मिला अर्यालले सबैलाई समेट्नुपर्ने भएकाले केन्द्रीय सदस्यहरुको संख्या लगभग एक हजार पुग्न सक्ने बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘हामीले व्यक्ति टुंगो लगाउने होइन, विधि बनाएर कार्यालयलाई दिने हो । मलाई लाग्छ हजार त पुग्छ ।’

सदस्य अर्यालका अनुसार भौगोलिक र गैरभौगोलिक जिल्ला समितिका अध्यक्षहरु, जनवर्गीय संगठनका प्रमुखहरु लगायत स्वतः केन्द्रीय सदस्य बन्ने गरी विधि बनाइनेछ । गैरभौगोलिक जिल्ला कमिटीमा मजदुर, महिला, कर्मचारी, विद्यार्थीलगायत भ्रातृसंगठनहरु पर्दछन् । एक हजार केन्द्रीय सदस्य भएमा माओवादी केन्द्रको केन्द्रीय समिति सम्भवतः संसारकै सबैभन्दा ठूलो हुनेछ ।

कतिपय कतिपय इमान्दार नेता-कार्यकर्ताहरुले भने भद्दा आकारको केन्द्रीय समिति बनाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment