Comments Add Comment

हैदरावाद पहिलोपटक आइपिएल च्याम्पियन

IPL

१७ जेठ, काठमाडौं । एक से एक स्टार खेलाडीले भरिएको रोयल च्यालेञ्जर्स ब्याङलोरलाई ८ रनले हराउँदै सनराईजर्स हैदरावादले इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि पहिलो पटक जितेको छ ।

भारतका सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान बिराट कोहलीको नेतृत्वमा रहेको ब्याङलोरले फाइनलमा आफ्नै मैदानमा हैदरावादको बलिङ आक्रमणलाई चिर्न सकेन ।

मा चिन्नास्वामी रंगशालाको फ्ल्याट पीचमा टस जितेर हैदरावादका कप्तान अष्ट्रेलियाली डेभिड वार्नरले ब्याटिङ रोजे । पीचमा रन बनाउन सहज हुने देखेर उनले ब्याटिङको निर्णय गरे र भयो पनि त्यस्तै । हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०८ रनको बिशाल योगफल खडा गर्‍यो । कप्तानी पारी उनैले खेले । उनले ३८ बलमा ६९ रनको योगदान दिए । हैदरावादका लागि भेट्रान ब्याट्सम्यान युवराज सिंहले २३ बलमा ३८ रन जोडे ।

खेलको अन्तिम तीन ओभरमा हैदराबादले ५१ रन जोडेको थियो । जसमा बेन कटिङले विष्फोटक पारी खेल्दै १५ बलमा ३९ रनको अविजित पारी खेले । उनले अन्तिम ओभरमा ३ छक्का र १ चौका प्रहार गरेका थिए । हैदरावादले अन्तिम ओभरमा बनाएको यही रन उपाधि दिलाउन निर्णायक बन्यो ।

२०९ रनको विजयलक्ष्य पछ्याएको ब्याङलोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०० रनमात्र जोड्न सक्यो । प्रतियोगिताकै उत्कृष्ट ब्याटिङ लाइनअप भएको टोलीले सुरुवातमा त्यस्तै झल्को दिएको थियो । सुरुवाती १० ओभरमा ११४ रन जोडेको थियो । ब्याङलोर जीततर्फ उन्मुख रहँदा ओपनर क्रिश गेल र कप्तान बिराट कोहली दुई ओभरको अन्तरमा पेविलियन फर्किए । ११औं ओभरमा गेल ३८ बलमा ७६ रन बनाएर आउट भए भने कोहली ५१ रन बनाएर १३औं ओभरमा आउट भए । त्यसपछिका आशा गरिएका ब्याट्सम्यानहरु एबिडी भिल्लियर्स, शेन वाट्सन, केएल राहुललगायतले सम्मानजनक स्कोर बनाउन सकेनन् ।

प्रतियोगिताभर सर्बाधिक २३ विकेट लिएका उत्कृष्ट बलर भुवनेश्वर कुमार र प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी मुस्ताफिजुर रहमानको अगाडि ब्याङलोरका मध्यक्रमका ब्या्सम्यान खुलेर खेल्न सकेनन् । म्यान अफ द फाइनल बेन कटिङले दुई विकेट चड्काए ।

हैदराबादले पहिलो पटक आइपिएलको उपाधि जितेको हो । प्रतियोगिताको उपाधिसंगै हैदराबाटले १५ करोड र उपबिजेता ब्याङलोरले १० करोड रुपियाँ पुरस्कार पाए । प्रतियोगिताभर सर्बाधिक ९७३ रन बनाएका ब्याङलोरका कप्तान बिराट कोहली ‘मष्ट भ्यालुएवल प्लेयर घोषित भए ।’ प्रतियोगिताभर सर्भाधिक छक्काको कीर्तिमान पनि कोहलीकै नाममा रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment