Comments Add Comment

‘बजेट चुहावट’बारे छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको माग

संसद बैठक तेस्रोपटक पनि अवरुद्ध

१७ जेठ, काठमाडौं । संसदमा प्रस्तुत हुनु अघि नै बजेट सार्बजनिक भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसले तेस्रोपटक पनि संसद बैठक अबरुद्ध गरेको छ ।

Congress-Flagबिहान ११ बजेको बैठक कांग्रेस सांसदहरुको अबरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको थियो । त्यसपछि दिउँसो साढे १ बजे बसेको बैठक पनि कांग्रेसका सांसदहरुले अबरुद्ध पारेका छन् ।

सभामुख ओनसरी घर्तीले बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराइन् ।

कांग्रेस सांसद रमेश लेखकले संसदीय छानबिन समिति गठन नभएसम्म सदनको काम कारबाही अघि बढ्न नसक्ने बताए । संसदमा प्रस्तुत हुनुभन्दा अघि नै पत्रिकामा बजेट सार्बजनिक गरेर सरकारले गम्भीर अपराध गरेको उनले बताए ।

‘बजेटमाथि छलफल गर्न पाउनु संसदको अधिकार हो’, लेखकले भने, ‘संसदमा पेश नभइकन बजेटलाई पत्रपत्रिकामा सार्वजनिक गर्नु गम्भीर अपराध हो ।’

आर्थिक वर्ष २०७३/७४ को बजेट सदनमा प्रस्तुत हुनुअघि नै एक दैनिक पत्रिकामार्फत् सार्बजनिक भएको भन्दै कांग्रेसले अर्थमन्त्री विष्णु पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।  त्यसरी आर्थिक सूचनाहरु बजेट घोषणा अगावै बाहिर चुहिँदा आर्थिक अनुशासन उल्लंघन भएको र कर छल्नेहरुलाई सजिलो भएको कांग्रेस सांसदको आरोप छ ।

यसअघि सोमबार बिहान संसद बैठक सुरु भएलगत्तै कांग्रेस र मधेसी मोर्चाका सांसदहरु उँभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने पालो पाएका पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद रामशरण महतले सदनमा पेश गर्नुपहिले नै बजेट सार्बजनिक गरेर अर्थमन्त्रीले संसदको विशेषाधिकार माथि मानहानी गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment