Comments Add Comment

बेन कटिङ, जसले च्याम्पियन बन्ने विराट कोहलीको सपना चकनाचुर पारे

Ben-Cutting

१७ जेठ, काठमाडौं । आईपीएल सिजन नौ भन्दा अगाडि भारतीय क्रिकेट प्रेमीले मात्र होइन, विराट कोहलीले पनि शायदै बेन कटिङको नाम सुनेका थिए ।

तर, अब विराट कोहलीले बेन कटिङलाई लामो समयसम्म भूल्न सक्ने छैनन् । किनकी उनी कटिङले फाइनलमा हानेको चार छक्काले आईपीलको उपाधि जित्ने विराटको सपना चकनाचुर पारिदिएका छन् ।

विराटलाई टी-२० विश्वकपको फाइनल पनि याद आयो होला, जहाँ ब्रेथवेटले यस्तै छक्का हानेका थिए ।

आईपीएलमा विराट कोहलीले यो सिजन ३८ छक्कासँगै ९७३ रन जोडे । तर, टीमलाई च्याम्पियन बनाउन बनाउन सकेनन् । सोही काम कटिङले गरे र चार चौका हान्दै सनराइजर्स हैदराबादलाई आईपीएल च्याम्पियन बनाए ।

एम चिन्नास्वामी स्टेडियममा अष्ट्रेलियाका क्रिकेटर बेन कटिङले १५ बलमा अविजित ३९ रन बनाए । यस क्रममा उनले चार छक्का र र तीन चौका हाने । तर, सबैभन्दा महत्वपूर्ण अन्तिम ओभरमा शेन वाट्सनको बलमा तीन छक्का हाने ।

यो ओभरमा हैदराबादले २४ रन जोड्यो । यो सिजनका सबैभन्दा राम्रा बलर मध्येका एक शेन वाट्सनको बलमा कटिङले हानेको एक छक्का यस्तो थियो कि डिप ब्याकवार्ड स्क्वायर लेगमा स्टेडियमको छतसम्म पुग्यो । ११७ मिटरको यो छक्कालाई प्रतियोगिताको सबैभन्दा लामो छक्का मानिएको छ ।

यदि कटिङले अन्तिम ओभरमा छक्का नहानेको भए सनराइजर्स हैदराबादले उपाधि ८ रनले जित्न सक्ने थिएन ।

उनले ब्याटिङ मात्र गरेनन् । बलिङमा पनि चम्किए । म्यान अफ द फाइनलसमेत बनेका उनले २ विकेट लिए ।  उनले क्रिस गेललाई पभेलियनको बाटो देखाए । जतिबेला गेलले ३८ बलमा ७६ रन बनाइसकेका थिए ।

त्यसपछि उनले लोकेश राहुललाई मात्र ५ रनमा आउट गरे । पारीको अन्तिम ओभरमा जोडजार हिटिङ र नाजुक समयमा उत्कृष्ट ब्याटिङ गर्दै कटिङ आईपीएलको फाइनलमा विराटलाई ओझेलमा पार्दै असली हिरो बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment