Comments Add Comment

पत्रकार रमेशलाई दयाशंकर पुरस्कार

१७ जेठ, पोखरा । दयाशंकर स्मृति पत्रकारिता पुरस्कार-२०७२ बाट पोखराका पत्रकार रमेश पौडेललाई सम्मान गरिने भएको छ ।

Ramesh-Poudelनेपाल पत्रकार महासंघ कास्कीको बैठकले छनोट समितिको सिफारिस अनुसार पौडेललाई सम्मान गर्ने निर्णय गरेको हो ।

नारायण कार्कीको संयोजकत्वमा बनेको छनौट समितिले गोर्खापत्र दैनिक र नेपाल टेलिभिजन पोखरा सम्वाददाता एवम् रेडियो बाराहीका निर्देशक रमेश पौडेललाई पुरस्कारका लागि सिफारिस गरेको थियो ।

छनौट समितिमा बरिष्ठ पत्रकार कुशुमकेशव पराजुली र पुण्य पौडेल सदस्य थिए भने महासंघका अध्यक्ष रामकृष्ण ज्ञवाली र सचिव त्रिभूवन पौडेल पदेन सदस्यका रुपमा थिए ।

प्रजातन्त्रका सेनानी स्वर्गीय दयाशंकर पालिखेको स्मृतिमा उहाँका परिवारद्वारा स्थापित गरिएको पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ छ । पुरस्कार यही जेठ २३ गते वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment