Comments Add Comment

सरकारको गलत कदमको विरुद्ध कांग्रेस उभिन्छ: सिंह

Prakash Man Singh (2)१७ जेठ, रौतहट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले जिम्मेवार प्रतिपक्षीको हैसियतले सरकारको गलत कदमको विरुद्ध उभिने बताएका छन् ।

चन्द्रपुर नगर समितिद्वारा आज आयोजित कार्यकर्ता भेलामा उनले सरकारले हालै ल्याएको बजेट चर्चामुखी मात्रै भएको र त्यसलाई कार्यान्वयनमा लान नसकिने भनी आलोचना गरे । सरकारले ल्याएको बजेट महत्वाकाङ्क्षी भएको उनको भनाइ थियो ।

नेता सिंहले कांग्रेसलाई एकताबद्ध र संगठित गर्दै क्रियाशील बनाउनु आजको आवश्यकता भएकाले त्यसका लागि गाउँ-गाउँमा गएर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment