Comments Add Comment

ईशानलाई भेट्न प्रहरी वृत्तमा पुगे बाबुराम भट्टराई

baburam-team-meet-with-Ishan

१७ जेठ, काठमाडौं । सिंहदरबारको भित्तामा रातो रंग छ्याप्पेका कारण प्रक्राउ गरेका ईशान अधिकारीलाई भेट्न पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई प्रहरी कार्यालयमै पुगेका छन् ।

ईशान र उनका अन्य पाँच समर्थक महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा थुनामा राखिएको छ । भट्टराई सहितको टोलीले त्यही पुगेर भेटेको छ । भेटका क्रममा भट्टराईले भने, ‘यो युवाअवस्थामाक्रान्तिकारी स्पिरिट आउँछ नै तर संघर्ष गर्दा स्वास्थ्यको पनिख्याल राख्नुपर्छ । शरीर रहृयो भने मात्रै संघर्ष गर्न सकिन्छ ।’

संयोजक भट्टराईले राज्यको ध्यान तान्नका लागि गरिएको काम स्पिरिटका हिसाबले ठीक भएको बताए । तर, वर्तमान सरकारबाट माग पूरा भइहाल्ने अवस्था नरहेकाले संघर्षलाई फरक ढंगले जारी राख्न आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले प्रहरी प्रशासनसँग मुद्दालाई धेरै लम्ब्याउने भन्दापनि चाँडो सल्टाउनतिर लाग्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment