Comments Add Comment

सोशल वर्ल्डका बादशाहहरूः ओबामादेखि म्याक्रीसम्म

Obama-1

हिजो आज कसैको प्रसिद्धिको मापन गर्नु पर्‍यो भने उसको सामाजिक सञ्जालको पहुँचलाई लिने गरिन्छ । कसको कति फलोअर छन् ? कसको फेसबुक पेजमा कति लाइक आएको छ ? इस्ट्राग्राममा कसको तस्वीर सबैभन्दा धेरै मन पराइएको छ ? कसको ट्वीटका सबैभन्दा धेरै रिट्वीट आएको छ ? यस्तै यस्तै ।

बर्तमान समयमा यस्तै सवालका जवाफबाट मानिसको प्रसिद्धि अर्थात लोकप्रियताको आंकलन गरिन्छ ।

सामान्यतयः मानिसहरु सोच्ने गर्छन् कि शाकिरा, बियोन्से, टेलर स्वीफ्ट वा किम कार्दासिन, अमिताभ बच्चन, शाहरुख खान, सलमान खान लगायत सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तित्वहरुमा पर्छन् ।

यदि तपाईंहरुले यस्तै सोचिरहनुभएको छ भने तपाईहरुको भ्रम हामीले हटाउने प्रयत्न गरेका छौं । आजको दिनमा संसारका थुप्रै ठूला नेताहरु सामाजिक सञ्जालमा छाएका छन् ।

यस्ता व्यक्तित्वहरुमा अमेरिकी राष्ट्रपति बराक ओबामादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म छन् । केहि अन्य नेताहरु जो सामाजिक सञ्जालमा खुवै सक्रिय छन् र लोकप्रिय पनि छन्, उनीहरुमा टर्की र इण्डोनेशियाका प्रधानमन्त्री पनि पर्छन् ।

सन् २००४ मा अमेरिकी राष्ट्रपति चुनावमा जर्ज बुसको प्रचार प्रसार टोलीका सदस्य रहेका ब्रायन डोनाहृयु भन्छन् कि सामाजिक सञ्जालमा लोकपि्रयताको मतलव तपाईंको भोट बैंक बलियो हुनु हो ।

मानिसहरु जुन नेतालाई फलो गर्छन् र उनका कुराकानीमा चासो राख्छन् उनीहरुले चुनावको फण्डको लागि पनि सहयोग गर्छन् । नेताहरुको सामाजिक सञ्जाल प्रयोग गर्नुको कारण जे सुकै होस् आजको डिजिटल दुनियामा उनीहरु राम्रैसँग छाइरहेका छन् ।

अमेरिकी राष्ट्रपतिका आकांक्षी तथा सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पलाई नै होर्नुहोस् । उनले अनलाइनबाट खुवै प्रचार गरिरहेका छन् । यसबाट उनको चर्चा चुलिएको छ । उनको हरेक ट्वीट रिट्वीट भइरहेको छ । उनका फलोअरको सङ्ख्या लगातार बढिरहेको छ ।

सबैभन्दा रोचक कुरा त के छ भने उनले यो काम निक्कै थोरै रकम ख्चिएर गरेका छन् । जहाँ उनका पार्टीका अन्य आकांक्षी टेड क्रुज तथा जेव बुसले प्रचारका लागि करोडौं डलर खर्चेका थिए । तर ट्रम्पले करोडौं खर्च गरेनन् यद्यपी उनीलै लोकपि्रयताको शिखरमा छन् ।

कुनैपनि नेताको फेसबुक पेज लोकप्रिय हुनुको कारण उनीहरुले निजी जिन्दगीका कुरा सार्वजनिक गर्नु नै हो ।

जस्तै अमेरिकी राष्ट्रपति बराक ओवामाको फेसबुक पेज सबैभन्दा बढि यसकारण मन पराइएको छ । नेताहरुको सामाजिक सञ्जालको लोकपि्रयतामा उनी पहिलो नम्बरमा आउँछन् । उनले थुप्रै भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । आफ्ना निजी जीवनका थुप्रै कुराहरुपनि फेसबुकमा पोष्ट गर्छन् । तर उनी दिनदिनै थुप्रै पोष्टहरु गर्दैछन् । केहि ठूला निर्णय लिनुभन्दा बघि उनी त्यो कुरा सामाजिक सञ्जालमा पोष्ट गर्छन् ।

Obama

ओबामा अक्सर पत्नी मिसेल र दुई छोरीहरुका साथ बिदा बनाएको बेलाका किस्साहरु शेयर गर्छन् । यही कारण सामान्य मानिसहरु उनलाई फलो गर्छन् । यस्ता कुराहरुमा मानिसहरुको चासो पनि निक्कै हुन्छ ।

ओबामाले २००७ देखिनै फेसबुक र ट्वीटर प्रयोग गर्न सुरु गरेका हुन् । त्यतिबेला उनी इलिनाया राज्यको सिनेटर थिए । उनको सफलतापनि विश्वका थुप्रै नेताहरुले आफ्नो लाकप्रियता बढाउन सामाजिक सञ्जालको दुनियामा प्रबेश गरे ।

जस्तो कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । उनले सन् २०१४ को आम चुनावभन्दा अगाडि सामाजिक सञ्जालमा आफ्नो सक्रियता हृवात्तै बढाएका थिए । प्रधानमन्त्री बनिसकेपछि उनी सामाजिक सञ्जालमा निक्कै सक्रिय छन् ।

संसारका अन्य थुप्रै नेताहरुले पनि युट्युबदेखि लिएर फेसबुक, ट्वीटर, इस्ट्राग्राम वा स्न्यापच्याटजस्ता सामाजिक नेटवर्कको माध्यमबाट आफ्नो प्रसिद्धि कमाइरहेका छन् । थुप्रै नेताहरु नियमित रुपमा आफ्ना फलोअर्सहरुसँग कुरा करिरहेका हुन्छन् । उनीहरुको प्रश्नको जवाफ दिन्छन् । यस्तो मामलामा ओबामा सबैभन्दा अगाडि छन् ।

अहिलेको परिप्रेक्षमा सामाजिक नेटवर्कको सङख्या पनि बढिरहेको छ । यस्तोमा सामाजिक सञ्जालमा सबैभन्दा लोकपि्रय नेताहरुबारे जानकारी दिन मुस्किल परेको छ ।

जस्तो कि स्न्याप च्याटमा फलोअर्सको सङ्ख्या र उनीहरुको कमेन्ट सार्वजनिक हुँदैन । यस्तोमा को कति लोकपि्रय छ पत्ता लगाउन निक्कै मुस्किल पर्नेछ । यद्यपी आजको दिनमा स्न्याप च्याट युवाहरुको माझमा निक्कै तोकपि्रय बनिरहेको छ ।

यीनै मानिसहरुले अगाडि बढेर चुनावमा मूख्य मतदाताजस्तै नेताहरुको भाग्य तय गर्न सक्नेछन् । यस्तोमा हरेक नेता चाहन्छन् कि स्न्याप च्याटमा लोकपि्रयताको रेसमा सबैभन्दा अगाडि आउन सकुँ ।

mauricio-macri
अर्जेन्टिनाका नयाँ राष्ट्रपति म्यारिसियो म्याक्री, स्न्याप च्याटका बादशाह हुन् । राष्ट्रपतिको रुपमा आफ्ना पूरा दिनको काम कारबाही उनले यसमा शेयर गर्छन् । मिडियाले पत्तो नपाएको कुराहरुपनि उनी स्न्याप च्याटमा सार्वजनिक गर्छन् ।

तर, अहिलेसम्म थुप्रै नेताहरुलाई पत्तै छैन कि स्न्याप च्याट कसरी प्रयोग गरिन्छ । अर्जेन्टिनाका राष्ट्रपति म्याक्री, फेसबुकमा पनि विश्वका लोकप्रिय नेताहरुमध्ये एक हुन् । फेसबुकमा उनको ४० लाख फ्यान छन् । उनको कुनैपनि पोष्टमा कम्तिमा ४० देखि ७० हजारसम्म लाइक पाइन्छ । अर्जेन्टिनाका ट्यांगो संगीतकार मारियानो मारेसको निधनको जानकारी दिइएको उनको पोष्टमा पाँच लाखभन्दा बढि लाइक आएको थियो ।

यस्तो लोकप्रियता देखेर विश्वका बढिजसो नेताहरु फेसबुकको प्रयोग गर्छन् । यहाँसम्म कि तानाशाहहरु पनि समाजिक सञ्जालमा सक्रिय छन् ।

जस्तो कि कम्बोडियाका तानाशाह सेन, जो फेसबुकमा लोकप्रियताको मामलामा दुई नम्बरमा छन् । फेसबुकमा उनी अक्सर सुमद्र किनार, बाथरोव तथा नाती नातिनीको साथ खेलिरहेका तस्वीर सार्वजिनक गर्छन् ।

samdech-hun-sen

हुन सेन को तानाशाही नीतिबाट दिक्क भएका मानिस विस्तारै उनलाई मन पराउन पनि थालेका छन् । सिड्नी युनिभर्सिटीका लेक्चर एम सिङपेङ भन्छन् कि तानाशाह पनि आफ्नो छविलाई लिएर नरमाइलो सोच्छन् । उनी भन्छन् कि हुन् सेन आफ्नो तानाशाही नीति जारी राख्नको लागि आजका युवा, इन्टरनेटमा जोडिएका मानिसहरुको समर्थनको जरुरी छ । यसकारण उनी फेसबुकमा आफ्नो छवि सुधार्न प्रयास गरिरहेका छन् ।

सिङ पेङ भन्छन् कि सिंगापुरका नेता ली लुङ पनि मानिसहरुको बीचमा पहुँचका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । उनको पिताको तुलनामा उनलाई सिंगापुरेहरुले कम मन पराउँछन् । त्यसैले आफ्नो छवि सुधार्न उनी फेसबुमा जोडिएका छन् । थुप्रै पटक उनले फेसबुकमा फोटो राखेर मानिसहरुसँग सोध्ने गरेका छन् कि उनी कहाँ र कोसँग थिए ।

ओवामा हुन्, या मोदी हुन् या सिएन लुङ नै किन नहुन् हरेक नेता आज आम मानिसहरुसँग सम्पर्क स्थापित गर्न सामाजिक सञ्जालको सहयोग लिइरहेका छन् । यस्तोमा कोहि निक्कै लोकप्रिय पनि भएका छन् भने कसैको प्रयास असफल पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment