Comments Add Comment

खेलाडी उत्पादनका लागि प्रारम्भीक तहमै खेलकुद शिक्षाः नेपाल

१७ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले खेल क्षेत्रको सम्मुन्नत विकासका लागि सरकारले व्यवसायिक र व्यवस्थित कार्ययोजना ल्याउनुपर्ने बताएका छन् ।

 Madhav-Nepalव्यवसायीक खेलाडी उत्पादनका लागि प्रारम्भीक तहमा नै खेलकुद शिक्षा समावेश गर्नुपर्नेमा उनले जोड दिए ।

प्रथम अन्तराष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको सोमबार राजधानीमा उदघाटन गर्दै नेता नेपालले खेलको सम्मुन्नत विकासका लागि बजेटका साथै कार्ययोजना महत्वपूर्ण हुने बताए ।

सुस्त कार्यशैलीका कारण आफूले २०६६ सालमा शिलान्यास गरेको हेटौंडाको राष्ट्रिय खेलकुद प्रतिष्ठान अझैसम्म पनि सम्पन्न गर्न नसकिएको उनले उल्लेख गरे ।

प्रथम अन्तराष्ट्रिय वादोरियो कराँते प्रतियोगिता मंगलबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment