Comments Add Comment

बुबालाई विश्वास गर्छु, हस्ताक्षर गरेका सम्झौता मैले पढेको छैनः मेस्सी

Leonal-Messi

१७ जेठ, काठमाडौं । लियोनल मेस्सीले कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दै गर्दा त्यसमा के लेखिएको छ आफूलाई थाहा नहुने बताएका छन् ।

बार्सिलोनाको अदालतमा मंगलबार सुनुवाइ हुनु पूर्व चार पटकका बालोन डि’ओर विजेता मेस्सीबारे यस्तो सूचना आएको हो । मेस्सी र उनका बुबा जोर्जेमाथि २००७ देखि ०९ सम्म ४.१ मिलियन युरो कर छली गरेको अभियोग छ ।

क्याटलान पत्रिका इएल पेरिओडिकोका अनुसार मेस्सीले २०१३ मै न्यायाधीशलाई भनेका थिए कि म मेरो बुुबालाई विश्वास गर्छु, जसले मेरो विजनेश हेर्नुहुन्छ ।’ उनले अघि भनेका छन्, उहाँले जे भन्नु हुन्छ, म गर्छु ।’

कुनै पनि सम्झौतामा हस्ताक्षर गर्नु पूर्व पढ्नु हुन्न भन्ने प्रश्नमा बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सीले भनेका छन्, मैले कहिल्यै सम्झैता पढि्दँन ।’ उनले अघि भनेका छन्, ‘केमा हस्ताक्षर गर्दैछु, मलाई थाहा हुँदैन ।’

समाचारमा जनाइए अनुसार त्यसक्रममा न्यायाधीशले मेस्सीलाई ठूलो स्वरमा बोल्न भनेका थिए । किनकी उनी निकै मलिन स्वरमा बोलेका थिए ।

तर, मेस्सीले आफ्नो बोल्ने शैली नै त्यही भएको बताएका छन् । अदालती प्रक्रिया सकिएपछि मेस्सी कोपा अमेरिकाको तयारीका लागि अर्जेन्टिनी टोलीसँग अभ्यासमा र्फकनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment