Comments Add Comment

क्षतिग्रस्त १८९ गाविस भवन पुनर्निर्माणमा १८ करोड

reconstruction-punarniraman
१७ जेठ, काठमाडौं । सरकारले भूकम्पबाट क्षतिग्रस्त १ सय ८९ वटा गाविस कार्यालयको भवन तत्काल पुनर्निर्माण गर्ने भएको छ । कार्यालय भवन पुनर्निर्माणका लागि स्थानीय विकास मन्त्रालयले १८ करोड रुपैयाँ निकासा गरेको छ ।

यी सबै गाविसले १०/१० लाख रुपैयाँ पाएका छन् । अहिले बन्ने सबै भवन अस्थायी हुने मनत्रालयका सह-सचिव रेश्मीराज पाण्डले बताए ।
‘यो आर्थिक वर्षभित्र अस्थायी भवन बनाइसक्नुपर्छ’ पाण्डेले भने-‘पुनर्निर्माण हुनेसबै भवन बालमै हुनेछन् ।’

गाविसहरुलाई प्रि-फेब लगायत छोटो अवधिमै बन्न सक्ने अस्थायी भवन बनाउन भनिएको छ । गाविसले यो रकम खर्च गर्न नसके फ्रीज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment