Comments Add Comment

कतारमा मितेरी साँस्कृतिक धमाका २०१६ सम्पन्न

Katar

दोहा । मितेरी साँस्कृतिक समूहले कतारमा मितेरी साँस्कृतिक धमाका २०१६ भव्यताका साथ सम्पन्न गरेको छ । कला र संस्कृतिको उत्थान गरौ, नेपाल र नेपालीको पहिचान गराऔ भन्ने मूल नाराका साथ आयोजना गरिएको यो कार्यक्रम संस्थाको पाचाैं पस्तुति हो ।

गत २७ मे २०१६ शुक्रबारका दिन इष्टवेष्ट पार्क (ग्राण्ड मल सनैया) नजिकै रहेको एसियाना टाउन क्रिकेट मैदानको हलमा कार्यक्रम गरिएको थियो । गैरआवासीय नेपाली संघ मध्यपूर्व उपसंयोजक उमेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा कतारमा स्थापित बैचारिक तथा सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी साथै संगीतप्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Qatar1

कार्यक्रममा नेपाल र कतारमा कार्यरत ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्लेले ‘फेवा तालमा सांइली डुङ्गा सरर’ बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका थिए । उनले ‘आयो है गोरखाली’, ‘छड्के नजर लगाउने नानीले’ र ‘लाठी चार्ज नगर’ जस्ता थुप्रै चर्चित गीतले उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरे । कार्यक्रममा मेरी बास्यैकी चर्चित कलाकार निरु खड्काले दर्शकहरुलाई हँसाइन् ।

लोकदोहोरी गायक प्रकाश सपुतले केही गीत गाए । कार्यक्रममा कतारमा रहेका थुप्रै कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको कार्यक्रम संयोजक तथा संस्थाका अध्यक्ष रितकुमार श्रेष्ठले जानकारी दिए ।

Qatar

मितेरी साँस्कृतिक समुहले सन् २०१० मा प्रदेशको जिन्दगी नाम ठूलो पर्दाको चलचित्र दोहा र नेपालमा प्रदर्शन गरिसकेको छ । त्यस्तै सन् २०१२ मा मितेरी रमाईलो साझँ र २०१३/२०१४ डान्सिङ्ग राईजिङ्ग स्टार लगायतका विभिन्न साँस्कृतीक कार्यक्रमहरु गरिसकेको छ । त्यस्तै अघिल्लो बर्ष मितेरी साँस्कृतिक धमाका २०१५ भव्यताका साथ सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment