Comments Add Comment

कार्यकर्ता पक्राउको विरोधमा विप्लव माओवादीद्धारा आन्दोलनको घोषणा

१७ जेठ, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आन्दोलनको घोषणा गरेको छ ।

Prakanda
खण्डबहादुर विश्वकर्मा

कार्यकर्ता पक्राउको विरोधमा विप्लव माओवादीले बन्दसहितको आन्दोलन घोषणा गरेको हो । झापा सचिव बाबुराम राईसहित सात नेता कार्यकर्ता जेल परेको उसले बताएको छ ।

विप्लव माओवादीका प्रवक्ता खण्डबहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निरंकुश रवैयाको पार्टी घोर निन्दा एवं भ्रात्सना गर्दछ ।’

विप्लव माओवादीले कार्यकर्ता रिहाइको माग गर्दै जेठ २१ गते मेची, पश्चिम ताम्सालिङ (चितवन, धादिङ, नुवाकोट, रसुवा) र कर्णाली व्यूरो बन्द आहृवान गरेको छ ।

साथै जेठ २७ गते नेपाल बन्द गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment