Comments Add Comment

अन्तःशुल्क ८ देखि १५ प्रतिशतसम्म वृद्धि, कुन बस्तुमा कती ?

१७ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अन्तःशुल्कका दरहरु ८ देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ । अन्तःशुल्क वस्तुको आन्तरिक उत्पादन तथा पैठारीमा लाग्ने अप्रत्यक्ष कर हो ।

मानवीय स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने वस्तुहरु तथा विलासिताका वस्तुहरुमा अन्तःशुल्क लगाइने गरिन्छ । तर, व्यवहारमा नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछि भन्सार शुल्कको दर घटाउँदै उक्त शुल्कको क्षतिपूर्तिको bearलागि टेलिभिजन, टेलिफोन, माइक्रोफोन, जंक फुड्स, सिमेन्ट, मार्वल, टाइल्स, फलाम, पेन्ट्स, अप्टिकल फाइवर लगायतका वस्तुहरुमा पनि अन्तःशुल्क उठाइँदै आएको छ ।

सरकारले मदिराजन्य पदार्थ, चुरोट तथा सूर्तीजन्य पदार्थ एवं फलाम आदिमा परिमाणगत आधारमा अन्तःशुल्क लगाएको छ भने टेलिभिजन, प्लाष्टिकजन्य वस्तु, सवारी साधन आदिमा मूल्यगत आधारमा अन्तःशुल्क लगाएको छ ।

मदिराजन्य पदार्थ, वियर, मोलासेस जस्ता पदार्थको उत्पादन र बिक्री वितरणको प्रशासन भौतिक नियन्त्रण प्रणाली अन्तर्गत गरिन्छ भने चुरोट, सूर्तीजन्य वस्तु, टेलिभिजन, सवारी साधन, फलाम, पेन्ट्स, प्लाष्टिकजन्य वस्तुको उत्पादनको प्रशासन स्वयं निष्काशन प्रणाली अन्तर्गत गरिएको छ ।

सरकारले विशेष गरी मदिराजन्य र सूर्तीजन्य वस्तुहरुमा लाग्ने अन्तःशुल्कमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि गरी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यस्तो छ अन्तःशुल्क बढेको तालिका

IRDIRD-2IRD-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment