Comments Add Comment

बैंक अफ काठमाण्डूले २६ प्रतिशत बोनस सेयर दिने

१७ जेठ, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २१ औं वाषिर्क साधारणसभा भएको छ । सभाले बैंकका सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनको लागि १.३६ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पनि पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७१/७२ मा १३ करोड १६ लाख सञ्चालन मुनाफा र ३३ करोड ४६ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ ।

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै बैंकका अध्यक्ष सत्यनारायण मानन्धरले गतवर्षको तुलनामा आर्थिक वर्ष २०७१/७२ मा बैंकको कुल कर्जा १५.६६ प्रतिशतले वृद्धि भएर ३३ अर्ब ३९ करोड पुगेको तथा निक्षेप १५.६५ प्रतिशतले वृद्धि भई ३९ अर्ब ४६ करोड पुगेको उद्घोष गरे ।

बैंकको वाषिर्क साधारणसभाले बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक एक आपसमा गाभिएर बैंकको नाम ‘बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड’ राखिने विशेष प्रस्तावहरु पनि पारित गरेको छ ।

यसैका लागि लुम्बिनी बैंकको १ कित्ता शेयर बराबर बैंक अफ काठमाण्डूको ०.८२८१ कित्ता दिइने सेयर सट्टा -स्वाप) अनुपात सम्बन्धी प्रस्तुत गरिएको विशेष प्रस्ताव पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment