Comments Add Comment

म्याग्दीलाई ‘फ्रि वाईफाई’ जिल्ला बनाउन मोना कतारद्धारा सांगीतिक कार्यक्रम

Katar 6

१७ जेठ, (दोहा) कतार । म्याग्दी प्रवासी नेपाली संघ कतारले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।  म्याग्दीको बहुचर्चित परियोजना ‘वाइफाई फ्रि म्याग्दी जिल्ला’ बनाउने अभियानमा सहयोग पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो ।

‘ग्रामिण सञ्चार विकासका लागि सहयोगार्थ’ भन्ने नारासहित मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ख्यातीप्राप्त कलाकारबाट फरक फरक खालका सांस्कृतिक प्रस्तुतीहरु देखाइएको थियो ।

कार्यक्रमको सुरुमा कतारमा कार्यरत चर्चित पप एण्ड रक गायक दामोदर न्यौपानेले द सिड्न ब्याण्डको ‘रगत पसिना’ र राष्ट्रिय भावले ओतप्रोत ‘रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो’ गीत गाएका थिए ।

त्यसलगत्तै मोना कतारका कार्यसमिति सदस्य तथा नृत्यकार देबिन्द्र गर्बुजाको ‘तिरिरि मुरली बज्यो बनैमा लौ माया नमारे’ बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर सहभागीहरुको मन जितेका थिए ।

Katar 3

गायक रेशम परियार, बिष्णु परियार, संगम विस्वकर्मा र नविन सुब्बाले आफनो दमदार गायिकी प्रस्तुति दिएका थिए । कार्यक्रमको मुख्य प्रायोजक रहेको बसन्त फिल्म प्रालिका प्रबन्ध निर्देशक ईश्वोर काफ्लेले यस्तो कार्यक्रमले मित्रता अझै बलियो बनाउन सहयोग पुर्‍याउने बताए ।

लोकदोहोरी गायीका देविका केसीले ‘बाजी ठोकम आउ’ गीत गाएर सबैलाई नचाइन । बसन्त फिल्मका सविच तथा लोकगाएक शरद पाण्डेले ‘फुल फुलेर पहेँलै भयो आधा जीवन नेपाललाई भयो आधा जीवन कतारलाई भै गयो’ भन्दै गीत गाएर सबैलाई नाच्न बाध्य बनाएका थिए ।

यसैगरी गायक युबराज छन्त्याल, कमेडी डान्सर नारयण बराइलीको कमेडी नृत्यले सहभागीको मन जित्न सफल भएको थियो ।
कतारमा कार्यरत चर्चित डान्सर टंक थापा, अजय परियार, देउडा डान्सर लोकेस बिसी, नन्दा परियार र रिमा लामाको नृत्य पनि आकर्षण बन्यो । लोकदोहोरी गायिका निशा केसीले आफनो सुमधुर स्वरले सबैको मन जितिन् । उनले आधा दर्जन गीत गाएकी थिइन् ।

Katar 2

गायक पुरुषोत्तम गैह्रेले एउटा मायाँ बुटोल अर्की मायाँ खैरेनी कहाँ जाउँ कहाँ जाउँ भै रहनी बोलको गीत गाएका थिए । उनले पनि आधा दर्जन भन्दा बढी गीतहरु गाएर दर्शक नचाएका थिए ।

कार्यक्रमको अन्त्यतिर ‘तिम्रो दिल मेरो लागि भन्दै’ स्टेजमा उकालो लागेका गगन पुनले आँखामा उनको आँशुले, तिम्रो दिल मेरो लागि, पिरतीको दरबार, सिरिमा सिरी, सालैजो, पहिलो पहिलो भेट, बिताउ दुइ दिन लगायतका गीतहरु गाउँदा स्टेज नै उछालिएको थियो ।

कार्यक्रममा एनअरएनए एनसीसी कतारका अध्यक्ष बिनेस तामाङले मोना कतारले बिगतदेखि सामजिक क्षेत्रमा गरेको कार्य र एनआरएनसँग गरेको सहकार्यको बारेमा प्रशंसा गरेका थिए । एनआरएन एनसीसी कतारका सदस्य एवं सफल व्यवसायी आरके शर्माले मोना कतारलाई आफुले सक्ने जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए ।

Katar 8

मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीले मोना कतारको ऐतिहासिक कदम कार्यक्रम र कार्य सैलीको उच्च प्रसंसा गरेका थिए । कार्यक्रमका सभापति गणोश श्रेष्ठले कार्यक्रम भब्य र सभ्य रुपमा सम्प्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रमको अन्त्य गरेका थिए ।  Katar 4 KatarKatar 5Katar 7katar-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment