Comments Add Comment

पुरुषका लागि बनेको थियो स्यानिटरी प्याड, यस्तो छ प्याडको कथा

male senetaryकुनै समय थियो मानिसहरु सार्वजनिक रुपमा स्यानिटरी प्याडका बारेमा कुरा गर्नु त परै जावत त्यसलाई हेर्न पनि हिच्किचाउँथे । यद्यपि आजसम्म पनि यसबारेमा कुरा गर्न मानिसहरु उतिसारो खुल्दैनन् ।

अहिले महिलाहरुले रजश्वलाका बेला अधिक प्रयोग गर्ने स्यानिटरी प्याडको जन्म कसरी भएको होला ? इतिहास रोचक छ । वास्तवमा यो महिलाका लागि नभै पुरुषका लागि आविष्कार गरिएको रहेछ ।

माइ पिरियड ब्लगको एक पोष्टका अनुसार विश्वको सबैभन्दा पहिलो डिस्पोजल स्यानिटरी प्याड फ्रान्सका नर्सले प्रथम विश्वयुद्धमा घाइते भएका सैनिकहरुको अधिक रक्तश्राव रोक्नका लागि बनाएका थिए ।

सैनिकहरुलाई गोलीबाट बचाउने उपकरण बनाउने बेन्जामिक फ्रान्कलिनबाट प्रभावित भएर नर्सहरुले नेपकिन बनाएका थिए । ती प्याड अर्थात् नेपकिनहरु बनाउनका लागि यस्ता चिजहरुको प्रयोग गरिएको थियो जो त्यतिबेला सजिलै पाइन्थे । त्यो सामानले घाउबाट छिटै रगत सोस्दथ्यो र एकपटक प्रयोग गरिसकेपछि त्यसलाई फ्याँकिन्थ्यो ।

त्यसबेला सम्म महिलाहरुका लागि रजश्वलाका बेला प्रयोग गर्ने कुनैपनि प्याडहरुको आविष्कार भएकै थिएन । जब फ्रान्समा घाइते सैनिकको घाउको रगत रोक्नका लागि स्यानिटरी प्याडको प्रयोग गर्न थालियो तब फ्रान्समा काम गर्ने अमेरिकी नर्सहरुलेे आफ्नो महिनावारीका बेला पनि सोही प्याड प्रयोग गर्न थाले । त्यसपछि त त्यो प्याडको नाम र काम नै बदलियो । सैनिकको घाउको रगत सोस्नका लागि बनाइएको स्यानिटरी प्याड एकाएक महिलाको महिनावारीमा प्रयोग हुने साधनको रुपमा लोकपि्रय बन्यो ।

त्यसपछि सन् १८८८ मा कटेक्स कम्पनीले युद्धमा प्रयोग गरिएका प्याडका मोडेलका आधारमा स्यानिटरी टावेल्स फर लेडिज नामका स्यानिटरी प्याडको व्यवसायिक उत्पादन नै सुरु गर्यो । त्यसको दुइ वर्षअघि नै जोनसन एण्ड जोनसनले लिस्टर्स टावल्स नाममा डिस्पोजेबल नेपकिनको उत्पादन सुरु गरिसकेको थियो ।

तर सुरुवाती उक्त कटेक्स प्याड निकै महंगो थियो र आम महिलाहरुले त्यो किन्ने हैसियत राख्दैनथे । विस्तारै त्यसको मूल्य घटाइयो र विभिनन कम्पनीहरुले प्याडको उत्पादन गर्न सुरु गरे । अहिले त स्यानिटरी प्याड उत्पादन गर्ने कम्पनीहरु नै यति बढिरहेका छन् की हरेक दिन नयाँ नयाँ भेराइटीका प्याड देख्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment