Comments Add Comment

फरहानसँगको प्रेम चर्चाले रिसाइन् श्रद्धा

farhan and shradha kapoor
नायिका श्रद्धा कपुर र निर्देशक तथा कलाकार फरहान अख्तरविचको प्रेम हल्लाले बलिउड बजार तातिरहेको छ । श्रद्धाकै कारण फरहानको घरबार विग्रन लागेको चर्चा पनि छ । यतिमात्र होइन, चलचित्र ‘रक अन २’को छायांकनका क्रममा यी दुइविच प्रेम बसेको चर्चा बलिउड बजारमा खुबै चल्न थालेको छ ।

चलचित्र ‘वाघी’को पार्टीमा फरहान र श्रद्धाले गरेको नृत्य देखेर धेरै छक्क परेको भारतीय मिडियामा समाचार आएको थियो । तर, फिल्मफेयरसँगको कुराकानीमा श्रद्धाले यो कुरालाई अस्विकार गरेकी छिन् । श्रद्धाले फरहानसँगको अफेयरलाइ अस्विकार मात्र गरिनन्, मिडियासँग आक्रोश पनि पोखिन् ।

श्रद्धाले कुनै पनि कुरा आफै पकाएर लेख्नु अघि सोच्न आग्रह गरिन् । मनमा जे आयो त्यही समाचार लेख्न नहुने भन्दै श्रद्धाले मान्छेको भावनालाई मिडियाले वुझ्न आवश्यक रहेको बताइन् । उनले एकसाथ काम गर्दैमा कसैसँग प्रेमको हल्ला फैलाउनु गलत भएको भन्दै आक्रोश पोखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment