Comments Add Comment

विभूषणको ठट्टाः वर्षेनी पुरस्कृत हुन्छन् हाकिमहरु !

medal

१७ जेठ, काठमाडौ । सरकारले गणतन्त्र दिवसका अवसरमा विभुषित गरेकामध्ये अधिकांश सुरक्षा निकायअन्र्तगतका कर्मचारी रहेको भन्दै निजामति सेवाभित्र असन्तुष्टि देखिएको छ ।

विभुषणका लागि सिफारिस गर्ने निकाय गृहमन्त्रालयले आफू मातहतका १ सय ६ जनालाई सिफारिस गरेको थियो । त्यो सूचीलाई मन्त्रिपरिषदले स्वीकृत गरेर अन्य मन्त्रालय, सेवा र क्षेत्रका नागरिकलाई अपमान गरेको भन्दै निजामति कर्मचारीहरुले असन्तुष्टि जनाएका हुन् ।

गणतन्त्र दिवसको अवसर पारेर सरकारले यस वर्ष विभिन्न क्षेत्रमा रहेर राज्यलाई योगदान पुर्‍याए वापत ३ सय ७० जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभुषित गरेको थियो ।

तीन सय ७० जनामध्ये गृह र रक्षा मन्त्रालयका मात्र १ सय ७५ जनालाई मानपदवीले सम्मान गरेको छ । त्यसमा पनि धेरै सुरक्षा निकायका अधिकारीहरु छन् ।

दुई बर्षअघि सुप्रवल जनसेवाश्रीबाट सम्मानित भएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र मुख्य अनुसन्धान निर्देशक दीलिपराज रेग्मी यसवर्ष सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित भएका छन् ।

‘गृह र रक्षा मन्त्रालयका पहुँचवाला सबै र केही दोहोरिएर पुरस्कृत हुने गरी उनीहरुले के त्यस्तो योगदान पुर्‍याएछन्, त्यो भन्नुपर्छ’ ती सचिवले भने, ‘राष्ट्रले गर्ने सम्मानमा समेत पार्टी र चाकडी हेरियो ।’

गृह मन्त्रालयपछि एउटै कार्यालयबाट धेरै पुरस्कृत हुनेमा रक्षा मन्त्रालय पनि छ । रक्षाअन्र्तगत नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरु सम्मानित भएका छन् । तर, रक्षा मन्त्रालयमै रहेका निजामति सेवाका कर्मचारीले भने सम्मानित हुने अवसर पाएनन् ।

स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, पर्यटन तथा सांस्कृतिक लगायतका मन्त्रालयका कर्मचारी भने पुरस्कृत भएका छैनन् ।
गृहमन्त्रीले त गृहबाहेक अरु मन्त्रालयले काम गरेको देख्नुभएनछ, प्रधानमन्त्रीले पनि गृहमन्त्रीकै आँखाबाट हेर्नुभयो’ अर्का एक सचिवले अनलाइनखबरसँग गुनासो पोखे ।

विभुषित हुने यस्तो सूचीमा दलका नेता, राष्ट्रसेवक कर्मचारी, खेलाडी, साहित्यकार र पत्रकारदेखि सामाजिक जीवनमा विशेष महत्व पुर्‍याएका भनिएका व्यक्तित्वहरु छन् ।

यति मात्र होइन, विभुषित हुनेहरुको छनौट गर्न बनेको समितिका संयोजक आफैं पवि विभुषित भएका छन् । गृह मन्त्रालयका सचिव नारायणप्रसाद मलेगोको संयोजकत्वमा विभुषित हुनेहरुको छनौट समिति गठन भएको थियो ।

यसमा मलेगो आफैं पनि विभुषित भएका छन् । उनलाई सुप्रवल जनसेवा श्री प्रदान गरिएको छ ।

पदक पाउने सैनिक अधिकारीहरूलार्इ रातो र प्रहरी र सशस्त्र प्रहरीलार्इ पहेँलो रंगमा हेर्नुस् 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment