Comments Add Comment

यी हुन्, नौ महिनामै अर्ब बढी कमाउने आठ बैंक

banks prorit (1)
१७ जेठ, काठमाडौं । भूकम्प र नाकाबन्दीका बाबजुत पनि बैंकहरुले नाफा बढाएका छन् । सम्पत्ति वृद्धिको तुलनामा नाफाको वृद्धिदर कमजोर देखिएपनि गत वर्षकोभन्दा बैंकहरुको नाफा सन्तोषजनकरुपमा बढेको छ ।

वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)को अपरिस्कृत वित्तीय विवरणमा आठ बैंकले अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको देखिएको छ । गत वर्षको यस अवधिमा ५ बैंकले मात्रै अर्ब बढी नाफा कमाएका थिए । यो वर्षको नाै महिनामै थप ३ बैंक अर्बपतिको क्लबमा उक्लिन सफल भएका छन् ।

वासलातअनुसार नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन्। नेपाल बैंक, हिमालयन बैंक र ग्लोबल आइएमइ बैंक यो वर्ष अर्बपतिको क्लवम उक्लिएका हुन् । तीनवटै सरकारी लगानीका बैंक अर्ब कमाउ सपफल भएका छन् ।

त्रैमासिक अपधिलाई हेरेर विश्लेषण गर्दा चालु आर्थिक वर्षको चौथो चौमास अर्थात् असार मसान्तसम्ममा अन्य दुई बैंकले अर्ब कमाउने देखिएको छ । स्टाण्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकले तेस्रो त्रैमासमा ९० करोड रुपैयाँभन्दा बढी कमाएको वासलातमा उल्लेख छ ।

राष्ट्र बैंकले ०७२ चैत मसान्तसम्म व्यवसायीहरुलाई ऋण तथा व्याज तिर्नका लागि सहुलियत दिएकाले नाकाबन्दीको असर नदेखिएको बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले अनलाइनखबरलाई बताए ।

‘राष्ट्र बैंकले दिएको सहुलितका कारण तेस्रो त्रैमासिक रिपोर्टमा असर देखिएन तर अब असार मसान्तमा असर देखिन सक्छ,’ पौडेलले भने ।

कुन बैंकले कति कमाए ?

नविल बैंक

Nabil-Bank-केही वर्षयतादेखि लगातार सबैभन्दा धेरै नाफा कमाउँदै आएको यो बैंकले ०७२ चैत मसान्तसम्ममा २ अर्ब ५ करोड खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६१ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७५ करोड रुपैयाँ छ । नौ महिनामा बैंकले व्याज बाटमात्रै ३ अर्ब ३ करोड रुपैयाँ कमाएको वासलातमा उल्लेख छ ।

इन्भेष्टमेन्ट बैंक

Investment bank2यो बैंकले ०७२ चैत मसान्तसम्ममा १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ छ । यस अवधिमा बैंकले २ खर्ब ७० करोड रुपैयाँ त व्याज बाटमात्रै कमाएको छ ।

nepal bankनेपाल बैंक

यो बैंक पहिलोपटक अरबपतिको क्लबमा उक्लिएको हो । बैंकले ०७२ चैत मसान्तमा १ अर्ब ६४ करोड खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले जम्मा ३६ करोड रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । विभिन्न कम्पनीहरुमा रहेको बैंकको सेयर बिक्री गरेपछि बैंकको नाफा चार गुणाले बढेको हो । किनभने यस अवधिमा बैंकको खुद व्याज आम्दानी ७० करोड रुपैयाँले मात्रै बढेको छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ छ ।

Rbbराष्ट्रिय वाणिज्य बैंक

सरकारको पूर्णस्वामित्वमा रहेको यो बैंकले ०७२ चैत मसान्तसम्ममा १ अर्ब ६२ करोड खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ कमाएको थियो । हाल बैंकको बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

himalayan-bank_11111111111हिमालयन बैंक

यो बैंकले ०७२ चैत मसान्तसम्ममा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यस अवधिमा बैंकले ९० करोड १५ लाख मात्रै खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकले व्याजबाट मात्रै २ अर्ब ४४ करोड रुपैयाँ कमाएको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ४९ करोड रुपैयाँ छ ।

ADBLकृषि विकास बैंक

यो बैंकले ०७२ चैत मसान्तसम्म १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब १ करोड रुपैयाँ थियो । यस अवधिमा बैंकले ३ अर्ब ६३ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।

एभरेष्ट बैंक

everest-bankयो बैंकले चालु ०७२ चैत मसान्तसम्म १ अर्ब २० करोड नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब १९ करोड रुपैयाँ थियो । ९ महिनामा बैंकले २ अर्ब १६ करोड रुपैयाँ व्याजबाटै कमाएको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७४ करोड रुपैयाँ मात्रै रहेको छ ।

ग्लोबल आईएमई बैंक

Global ime bankयो बैंकले ०७२ चैत मसान्तसम्ममा १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा ८० करोड ९६ लाख रुपैयाँ थियो । यो बैंक ०७२ असार मसान्तदेखि अर्ब कमाउने बैंकको सूचीमा उक्लिएको हो । चालु आर्थिक वर्षको नौ महिनामा बैंकले २ अर्ब ७ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment