Comments Add Comment

एमाले कार्यालय भत्काउन १५ निवेदन

Balkhu UML party office_crack after earthquake  (11)१७ जेठ, काठमाडौं । गत वर्षको  विनाशकारी भूकम्पले क्षति पुर्‍याएको बल्खु मदननगरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय भवन भत्काउन १५ संस्था र व्यक्तिले आवेदन दिएका छन् ।

धुम्बाराहीस्थित पासाङल्हामु प्रतिष्ठानमा रहेको भाडाको कार्यालय साँघुरो भएपछि एमालेले नयाँ भवन बनाउने योजनासहित बल्खु कार्यालय भत्काउन लागेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार भत्काउन व्यक्तिगत रूपमा आवेदन दिनेमा जितेन्द्र शाह, राम श्रेष्ठ, किरणकुमार मगर, कृष्णबहादुर खड्का, केशबहादुर थापा, ताराप्रसाद लामिछाने, वीरेन्द्र चौधरी र भोजराज मगर छन् ।

त्यस्तै, राजनन्दनी इन्टरप्राइजेज, बंगलामुखी टड एन्ड सप्लायर्स, हृयाङ्ला थापती कन्सट्रक्सन, ठोसे खोला कन्सट्रक्सन, सिवी कन्सट्रक्सन तथा शिवम् स्क्रेप्ट सेन्टरले एमाले कार्यालय भत्काउन आवेदन दिएका छन् । गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिति बैठकले पुरानो भवन भत्काएर बल्खुमै नयाँ भवन बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment