Comments Add Comment

बिष सेवन गरी आत्महत्या

१८ जेठ, डोटी । डोटी गाँजरी गाविसमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छिन् । गाँजरी गाविस ६ कि किरीदेवी थापाको विष सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार ४२ वर्षीया थापाले सोमवार दिउँसो मेटासिट नामक विष सेवन गरेकी थिइन्।

विष सेवन गरेको जानकारी पाउँना साथ उनका आफन्तहरुले उपचारको लागि डोटी जिल्ला अस्पतात लैजाँदै गर्दा बाटोमा उनको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment