Comments Add Comment

बालुवाटारमा सत्तापक्षीय दलको बैठक

KP Oli१८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पक्षीय दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सत्तासाझेदार दलहरु माओवादी केन्द्र, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, राप्रपाका शीर्ष नेताहरु बैठकमा उपस्थित भएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट विवरण सार्वजनिक हुनु पूर्व नै चुहावट भएको भन्दै संसद अवरुद्ध गरेपछि त्यसबारे ओलीले सत्ता साझेदार दलसँग छलफल गर्न लागेका हुन् ।

बजेट सार्वजनिक भएसँगै सत्तासाझेदार दलहरुबीचको सम्बन्ध चिसिएको छ । चिसिएको समबन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले प्रयास गरिरहेका छन् ।

यस अघि हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीसँग भेटघाट गरी बजेट आफ्ना विषय नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment