Comments Add Comment

कस्ता महिलाहरु बढि सम्भोग गर्दछन्

sexसम्भोगको विषयलाई लिएर महिला तथा पुरुषहरुका बारेमा विभिन्न कुरा तथा अड्कलबाजी गरिन्छ ।

मानिसहरुलाई दुनियामा सबैभन्दा बढि चासोको विषयको रुपमा रहेको यौनको विषयमा विभिन्न खाले अध्ययन भएका छन् । केही समय पहिले अमेरिकाको इन्डियाना विश्वविद्यालयका शोधकर्ताले स्कुल बंक गर्ने, परीक्षामा फेल हुने र कण्डम विना असुरक्षित यौन सम्पर्क गर्ने आनीबानी बीचमा रहेको सम्बन्धको बारेमा यस्तो निष्कर्ष निकाले त्यसले एकपटक सोँच्न बाध्य गराउँछ ।

शोधकर्ताहरुले सेक्सका विषयमा एउटा अर्को सत्यको पर्दा उघारेको दाबी गरे । इण्डियाना विश्वविद्यालयका १४ देखि १७ वर्ष उमेरका किशोरीहरुका ८० हजार डायरीको अध्ययन गरेका थिए शोधकर्ताहरुले ।

किशोरीहरुले आफ्नो डायरीमा लेखेका अनुभव, अनुभुति तथा विचारका साथै दैनिकीका कुराहरुको विश्लेषणबाट शोधकर्ताहरुले गज्जबको निष्कर्ष निकाले ।

पूरै १० वर्ष लगाएर पूरा गरिएको उक्त अध्ययनका लागि ३८७ जना किशोरीहरुको डायरीबाट रोमान्टिक तथा शारीरिक सम्पर्कसँग जोडिएका उनीहरुको व्यवहारका विषयमा बुझ्ने कोसिस गरिएको थियो ।

शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् की जो किशोरीहरु स्कुल बंक गर्दथे र परीक्षामा फेल हुन्थे ती केटीहरु स्कुल बंक गर्ने वा परीक्षामा फेल हुने दिनमा धेरैजसो कण्डम नलगाइ यौनकार्यमा सरिक हुने दर उच्च हुन्थयो । जबकी राम्रो शैक्षिक स्तर भएका तथा विद्यालयमा पनि नियमित रुपमा पढ्ने विद्यार्थीहरुले भने सुरक्षित यौन सम्पर्कका उपायहरु अपनाउने गरेको पाइएको थियो ।

यसबाट शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने किशोर किशोरी तथा युवायुवतीमा स्कुल बंक गर्ने, परीक्षा फेल हुने र असुरक्षित यौन सम्पर्क गर्ने कार्यबीच घनिष्ट सम्बन्ध छ । स्कुल बंक गर्ने तथा परीक्षामा फेल हुने कुराले उनीहरुमा असुरक्षित यौन सम्पर्कलाई प्रोत्साहन गर्ने गरेको छ ।

यसको खास कारण पत्ता नलागेपनि असुरक्षित यौन सम्पर्कलाई बढावा दिने एउटा कारण कक्षा बंक र परीक्षामा फेल भएसँगै विद्यार्थीमा बढ्ने तनाव पनि रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment