Comments Add Comment

मोदीले पठाएको साइकल पहुँचवालालाई मात्र !

साइकल वितरणमा धाँधली भएको भन्दै गरिव तथा दलितको बिरोध

Cycle-Dhanusha

१८ जेठ, जनकपुर । धनुषाका छात्रा बिद्यार्थीहरुका लागि भ्ाारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपलब्ध गराएको पाँच सय साइकल वितरणमा धाँधली भएको भन्दै यहाँका दलित अगुवाहरुले दुखेसो पोखेका छन् ।

विद्यालय स्तरमा अध्ययनरत गरिब विपन्न, दलित तथा जेहेन्दार छात्राहरुका लागि उपलब्ध गराएको साइकल जिल्ला विकास समिति धनुषा र जिल्ला शिक्षा कार्यालय धनुषाको मिलोमतोमा पहुँचवालाहरुलाई वितरण गरिएको आरोप उनीहरुको छ । साईकल वितरण स्थलमै दलित नेताहरुले यसबारे विरोध गरेका छन् । नेपाल भारत मैत्री महिला संघको सहकार्यमा भारतसरकारबाट उपलब्ध भएको थियो ।

दलित तथा गरिव छात्राहरुको नामामा आएको साइकल जेहेन्दारको नाममा उच्च वर्गका अधिकांश विद्यार्थीलाई वितरण गरिएको दलित नेतृ मुन्नी देवी दास बताउँछिन् ।

भारतीय दूतावासका प्रतिनिधि ज्ञानवीर सिंहको प्रमुख आतिथ्यतामा करिव २८ लाख ४० हजार मुल्य बराबरको साइकल वित्तरणमा गरिएको हो । धनुषा जिल्लाका ८२ वटा विद्यालयका कक्षा ७, ८, ९ र १० मा अध्ययनरत गरिब, दलित, मुस्लिम, जनजाती तथा जेहन्दार छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

धनुषाका जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेलले दलित, जनजाती र मुस्लिम २०/२० प्रतिशत र ४० प्रतिशत जेहदार विद्यार्थीलाई साईकल वितरण गरिएको प्रष्ट पारे । विद्यार्थीको संख्यालाई अधारमा एउटा विद्यालयमा ३ देखि ९ वटा साइकल वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment