Comments Add Comment

केडिया अपहरणकाण्डबारे संसदमा बोले गृहमन्त्री

Shakti-Basnet-new

१८ जेठ, काठमाडौं । पर्साका उद्योगी सुरेश केडीयाको अपहरणबारे गृहमन्त्री शक्तिबहादुर बस्नेतले मंगलबार संसदमा जानकारी गराएका छन् ।

मंगलबारको संसद बैठकमा समय लिएर बोल्दै गृहमन्त्री बस्नेतले गत बिहीबार बाराबाट अपहरणमा परेका उद्योगी केडियाको सकुशल उद्दारबारे संसदमा औपचारिक जानकारी गराएका हुन् ।

संसदमा सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले बीरगञ्जका उद्योगी सुरेश केडियालाई जेठ १३ गते बिहीबार साँझ ६ बजे बीरगञ्जबाट बारा आउने क्रममा महागढिमाइ नगरपालिकास्थित बरियारपुरबाट बिहार ०५३२०९ नम्बरको स्कारपियो गाडीमा आएका अपहरणकारीले अपहरण गरेको जानकारी दिए ।

बरियारपुरमा गाइबस्तुले बाटो अवरोध गरेपछि रोकिएको गाडीका ड्राइभरलाई गोली प्रहर गरी केडियाको अपहरण गरेर भारत लगिएको गृहमन्त्रीले संसदमा जानकारी गराए । त्यस्तै गोली लागेर घाइते ड्राइभरको उपचार भइरहेको पनि उनले जानकारी दिए ।

केडियाको अपहरण लगत्तै बारा र पर्सा जिल्लामा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीका उच्च अधिकारीसँग समन्वय गरी टोली परिचालन गरिएको उनेल जानकारी दिए । नेपाल प्रहरीले भारतको भारतको बिहारस्थित बेतिया र मोतिहारी प्रहरी फोर्ससँगको संयुक्त प्रयासमा १६ गते भारतको चम्पानपूर जिल्लाको मोतिहारीबाट सकुशल उद्दार भएको उनले बताए ।

उद्योगी केडियाको अपहरणमा संग्लग्न रहेको आरोपमा नेपालबाट ३ र भारतबाट १ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको पनि गृहमन्त्रीले संसदमा जानकारी गराए । उद्योगी सुरेश केडिया सदभावना पार्टीका सांसद बिमल केडियाका भाई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment