Comments Add Comment

बलिउडमाथि बढ्दैछ हलिउडको थ्रेट, स्टारका फिल्म किन बने कमजोर ?

bollywood and hollywood film
ठूला हिन्दी चलचित्र रिलिज भएको समयमा नेपाली निर्माता आफ्नो चलचित्र प्रदर्शन गर्न डराउँछन् । बलिउडका दर्जन बढी कलाकार र मेकरका चलचित्र नेपालका लागि सधै नै चुनौती बन्ने गरेका छन् ।

तर, अब बलिउडमाथि भारतमा हलिउड चलचित्र चुनौती बन्न थालेका छन् । हलिउडका चर्चित चलचित्रले भारतमै बलिउड चलचित्रलाई कडा चुनौती दिन थालेपछि यसमा बहस सुरु भएको छ । ‘द जंगल बुक, क्याप्टेन अमेरिका, सिभिल वार, एक्स म्यान, द एङ्ग्री बड्स’ चलचित्रको व्यापारलाई हेर्ने हो भने बलिउडमाथि हलिउड थ्रेट बन्न थालेको प्रष्ट हुन्छ ।

‘द जंगल बुक’ले भारतमा मात्र १८५ करोडको नेट व्यापार गर्‍यो । बलिउडका सुपरस्टारका चलचित्र ३ हप्ता पनि हलमा नटिकिरहेको समयमा यसले ८ हप्तासम्म राम्रो व्यापार गरिरहेको छ । यो चलचित्र चलेको एक हप्तापछि रिलिज भएको साहरुख खान अभिनित चलचित्र ‘फ्यान’ले २ हप्तामै दम तोड्यो ।

बलिउडका वादशाह मानिने साहरुखको चलचित्रले ८५ करोड मात्र कमाउँदा हलिउड चलचित्र ‘द जंगल बुक’ १८५ करोडको आँकडामा दौडियो । बलिउडका स्टार कलाकारका चलचित्रले हलिउडसँग प्रतिस्र्धा गर्न सकिरहेका छैनन् । ‘द जंगल बुक’ रिलिज भएको ३ सातापछि रिलिज भएको टाइगर श्राफ र श्रद्धा कपुर अभिनित चलचित्र ‘वाघी’ले दोश्रो सातामा हलिउड चलचित्रको भन्दा कमजोर कमाई गरेको छ ।

‘सरबजित, अजहर’ जस्ता चलचित्रको हालत पनि उस्तै रह्यो । यी चलचित्रले पनि हलिउड चलचित्रसँग प्रतिस्पर्धा गर्न सकेनन् ।

भारतका चर्चित प्रदर्शक तथा वितरक अक्षय राठीका अनुसार कथावस्तु राम्रो चयन नगर्ने हो भने बलिउडमाथि हलिउड थ्रेट बन्न सक्छ । तर, उनले अहिले नै डराइहाल्नुपर्ने अवस्था नभएको बताए । तर, कथावस्तु, गुणस्तरमा हलिउडसँग टक्कर नलिने हो भने बलिउड कमजोर बन्न सक्ने उनको भनाई छ ।

विशेषगरि, टू के प्रोजेक्ट जडान गरिएका हलमा मात्र हलिउड चलचित्र रिलिज हुने भएकाले बलिउड अहिले नै डराइहाल्नु पर्ने अवस्था छैन । हलिउड चलचित्र १५ सय हलमा रिलिज हुँदा बलिउडले ५ हजार हल पाइरहेको राठी बताउँछन् । ‘बाहुबली, बजरंगी भाइजान, एयरलिफ्ट, पीके’ जस्ता चलचित्र बनाउने हो भने हलिउडसँग डराउनुपर्ने अवस्था नभएको उनले बताए । तर, खराब चलचित्र बनाउने हो भने हलिउड बलिउडमाथि हाबी हुने वितरकको भनाई छ ।

सुपर सिनेमामा सम्पादक तथा विश्लेषक अमुल मोहन भन्छन्-‘हलिउडले राम्रो बिषयवस्तु छानिरहेका छन् । उनीहरुका लागि भारत ठूलो ओभरसिज मार्केट हो । ठूला प्रोडक्शन हाउस अहिले भारतीय बजारमा आँखा लगाइरहेका छन् ।’

बलिउडले अब कथाको खोजी गर्नुपर्ने विश्लेषकहरु बताउँछन् । बलिउडले कथाको खोजी गर्ने हो भने हलिउड चलचित्रसँग डराउनुपर्ने अवस्था नभएको उनीहरुको भनाई छ । तर, यो बर्ष बलिउड चलचित्र भन्दा हलिउड चलचित्रको व्यापार बढिरहेको छ । यसले बलिउड चलचित्रकर्मीमा एक प्रकारको डर उत्पन्न भने गराइदिएको छ ।

बलिउड हंगामाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment