Comments Add Comment

प्रचण्डलाई प्रधानमन्त्री नबनाए एमालेलाई नै घाटाः हरिबोल गजुरेल

Haribol-Gagural

१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं कृषि बिकास मन्त्री हरिबोल गजुरेलले बजेट पारित भएपछि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति कार्यान्वयन नगरेर एमालेलाई नै घाटा हुने चेतावनी दिएका छन् ।

बजेट पारित भएपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने र सहमतिको सरकारका लागि पहल गर्ने भद्र सहमति भएको एमाओवादीको दाबी छ ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री गजुरेलले भने, विगतमा सहमति पालना नगर्दा कांग्रेसलाई घाटा भएको उदाहारण छ, एमालेले कार्यान्वयन नगरे उसैलाई घाटा हुन्छ ।’

संविधान कार्यान्वयन नहुने खतरालाई टार्न दलहरुवीच सहमतिको वातावरण बनाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि पनि नेतृत्व परिवर्तनको कुरा गरिएको तर्क गरे । उनले भने, ‘ओलीजीले मैले वामपन्थीलाई नै सत्ता छाड्छु किन आत्तिनु भएको हो भनेर भन्नु भएको हो, त्यो पालना गर्नुपर्छ ।’

कृषिमन्त्री गजुरेलले किसान पेन्सनको योजनालाई बजेटमा समावेश नगेकोमा असन्तुष्टि जनाए । उनले भने, ‘कृषि क्षेत्रको आधुनिकिकरण, ब्यवासायिकरण र यान्त्रिकरण गर्ने कुरा किसानमा उत्साह नजगाएसम्म हुन सक्दैन । बजेटले किसान पेन्सनको अध्ययन मात्रै गर्ने भनेर दुई खुट्टा मध्ये एक खुट्टा भाँचिदिएको छ । एउटा खुट्टाले मात्रै हिडेर कसरी उद्देश्य पुरा हुन्छ । आफैं अनुमान गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment