Comments Add Comment

सबै श्रेणीका कर्मचारीको तलब १० हजारको दरले बढाउन माग

२५ प्रतिशत तलब वृद्धिले वर्गीय विभेद भयोः माओवादी निकट कर्मचारी

१८ जेठ, काठमाडौं । माओवादी निकट कर्मचारीहरुले सबै श्रेणीका कर्मचारीहरुको तलब १० हजार रुपैयाँको दरले बढाउनुपर्ने माग गरेका छन् ।

सरकारले नयाँ आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणमार्फत् २५ प्रतिशतको दरले सबै कर्मचारीहरुको तलब बढाउने निर्णय गरेको थियो । प्रतिशतमा तलब बढाउँदा उच्च तहका कर्मचारीहरुलाई लाभ भए पनि निम्नस्तरका कर्मचारीहरुलाई लाभ नहुने भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल र राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दयाराम दाहालले हस्ताक्षर गरेको संयुक्त ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘मुलतः २५ प्रतिशत तलब बृद्धिले उच्च तहका कर्मचारीलाई पोस्ने र निम्नस्तरका कर्मचारीको ढाड सेक्ने गरी निजामती सेवामा वर्गीय विभेदलाई निरन्तरता दिइएको छ ।’

साथै अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको न्युनतम तलब, महंगी भत्ता, पोशाक भत्ता र चाडबाड खर्चका लागि समेत बजेट विनियोजन गर्न माओवादी निकट कर्मचारीहरुले सरकारलाई आग्रह गरेका छन् ।

पढ्नुहोस् अर्थमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्र

Karmachari-talab-Final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment