Comments Add Comment

भारतीय दूतहरु सरकार फेर्ने खेलमा लागेः विजुक्छे

Narayanman-Bijukchhe

१८ जेठ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तनका लागि भारतका दूतहरुको चलखेल सुरु भएको बताएका छन् ।

कांग्रेस, मधेसवादी, राप्रपा नेपाल लगायतका दलहरुको समिकरणमा सरकार बनाउने प्रयास सुरु भएको उनले बताए । यो सरकार नाम मात्रको वामपन्थी भएको भन्दै उनले भारत लगायत युरोपियन देश सरकार फेर्ने खेलमा लागेको बताए ।

रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षातकार कार्यक्रममा नेमकिपा अध्यक्ष विजुक्छेले बजेटको सूचना चुहिएको विरोधमा कांग्रेसले संसद अवरोध गर्नु जायज भएको बताए । कांग्रेसको लगाएको आरोप प्रमाणित भए अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको तर्क छ ।

सरकारले ल्याएको बजेट नेपाल र नेपालीको आत्मनिर्भरतामा भन्दा पनि विदेशीको सहयोगमा आधारित भएको भन्दै कार्यान्वयन जटिलता रहेको बताए ।

बिजुक्छेले संसदबाट विधेयक पाए भएमा मात्र सरकारले भनेको मितिमा स्थानीय निकायको निवार्चन हुन सक्ने बताए । नभए पाँच बर्षसम्म पनि संघीय संरचनाका कारण स्थानीय निकायको निर्वाचन हुन नसक्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment