Comments Add Comment

जेम्स एण्डरसन बने नम्बर वन टेष्ट बलर

James-Anderson

१८ जेठ, काठमाडौं । इंग्ल्याण्डका जेम्स एण्डरसन करियरमै पहिलो पटक नम्बर वन टेष्ट बलर बनेका छन् ।

इंग्ल्याण्डले दोस्रो टेष्टमा श्रीलंकाविरुद्ध ९ विकेटको जित हात पार्ने क्रममा एण्डरसनले श्रीलंकाविरुद्ध पहिलो पारीमा ३ र दोस्रोमा ५ गरी ८ विकेट लिएका थिए ।

उनले दुई टेष्टमा १८ विकेट लिएका छन् । र, २००३ बाट टेष्ट करियर थालेका एण्डरसन पहिलो पटक टष्ट बलरहरुको सूचीको शीर्ष स्थानमा पर्न सफल भएका छन् ।

दोस्रो नम्बरमा भारतका आर अश्विन छन् भने तेस्रो नम्बरमा इंग्ल्याण्डकै स्टुवार्ड ब्रोड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment