Comments Add Comment

सरकारको नेतृत्व गर्न तयार छुः प्रचण्ड

Prachanda_1

१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।

संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र मधेस समस्या समाधानका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए ।

राष्टिय प्रजातन्त्र पार्टीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित चियापान समारोहमा संचारकर्मीसंग कुरा गर्दे प्रचण्डले आवश्यक पर्दा जिम्मेवारी लिन आफू तयार रहेको बताए ।

अहिले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै उनले भने, ‘सरकार बन्ने नबन्ने भन्दा पनि राष्ट्रिय एकता बन्ने कि नबन्ने, संविधान कार्यान्वयन, पुनर्निर्माणको कुरा, मधेसका समस्या समाधानको कुरा बढी महत्वपूर्ण छन् ।’

माओवादी अध्यक्ष प्रचण्डले अघि भने, ‘राष्ट्रिय सहमति बन्यो भने त्यतिबेला हामीले जिम्मेवारी लिनु पर्‍यो भने हामी तयार हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment