Comments Add Comment

नगरपालिकाको भवन माग्दै त्रिपुरबासी आन्दोलित

Tripur-Dang
मैनवत्ती र्‍यालीमा सहभागी स्थानीय

१८ जेठ, नारायणपुर । दाङको त्रिपुर नगरपालिकाको भवन साविक नारायणपुर गाविस रहेकै स्थानमा बनाउनुपर्ने माग गर्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलनरत त्रिपुरबासीहरुले मंगलबार मैनवत्ती र्‍याली निकाल्दै नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

र्‍यालीपछि स्थानीयले नगरपालिकामा दिउँसो १ देखि ३ बजेसम्म धर्ना दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्नेहरुले स्थानीयको माग पूरा नभए योभन्दा पनि कडा अन्दोलन गर्ने चेतावनी दिए ।

बिहीबार सदरमुकाम घोराहीमा प्रदर्शन र जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विकास समितिमा धर्ना दिइने स्थानीयले बताएका छन् । आन्दोलनका थप कार्यक्रम तय गर्न बुधबार स्थानीयको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment